जेको जे६ प्रिमियम विद्युतीय गाडीले ‘अफरोडर ईभी’को पहिचान बनाउँदै लगेको छ।
सन् २०२४ को नाडा अटो शोमा बुकिङ गरेको गाडी दशैँबाट सारडा ग्रुपले बिक्री गरेको थियो।
नेपालमा सारडा ग्रुप अन्तगर्तको एसपीजी अटोमोबाइल्सले अफरोड सेगमेन्टको रुपमा जेको जे ६ बिक्री गरिरहेको छ।
नेपाल भित्रिएको केही समयमै नेपाली सडकमा जे६ प्रशस्तै भेटिनथालेका छन्।

४०० किमि रेन्ज
यसमा १३५ किलोवाटको मोटर पावर छ भने ६५.६९ किलोवाट आवरको ब्याट्री छ। एक पटकको चार्जमा जे६ ले ४०० किलोमिटरसम्मको यात्रा तय गर्नसक्छ।
गाडीमा एसी र डीसी चार्जिङको सुविधा छ। सीसीए२ चार्जिङ स्टिम रहेको गाडीमा एसी चार्जरबाट ९ देखि १० घण्टा लाग्छ भने डीसीबाट ३५ मिनेटमै ८० प्रतिशत चार्ज हुन्छ।
चालकको सुविधाको लागि गाडीमा इलेक्ट्रिक एडजस्टेबल सिट र लम्बर्ट सपोर्ट छ। जुन लामो दूरीको यात्रामा सहज हुन्छ।

आकर्षक डिजाइन
गाडीको अगाडि भागमा ‘आई थिम’ डिजाइनका डिजिटल लाइट छन्। जसले जे६ लाई आकर्षक बनाएको छ। १० केजीसम्मका सामान राख्न सकिने कम्पार्टमेन्ट र बोक्सी डिजाइनमा गाडी झनै आकर्षक देखिन्छ। यसको बुट स्पेस २६० एमएम छ।
गाडीमा १८ इन्चको अलोय ह्विल र २०० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ। सबै ह्विलमा इन्डिपेन्डेन्ट सस्पेन्सन यसको अर्को सुविधा हो। जुन नेपाली सडकका लागि उपयुक्त मानिन्छ।
यसबाहेक ३६० क्यामेरा र ४ वटा सेन्सर समेत छन्।
गाडीमा पानारोमिक सनरुफ छ भने १५.६ इन्चको इन्फोटेनमेन्ट सिस्टम छ।

थ्रिड्राइभ मोडयुक्त फाइभसिटर
जे६मा ३ वटा ड्राइभ मोडहरु इको, नर्मर र स्पोर्टस छन्। डिस्प्लेबाटै ३६० क्यामेरा चलाउन सकिने यो गाडीमा भित्रैबाट भिडियो रेकर्ड गर्न सकिन्छ।
जेको जे६ पाँच सिटर गाडी हो। यसमा चार्ज गर्न टाइप बी र टाइपसीको पोर्ट जडान गरिएको छ। ६ वटा एयरब्याग रहेकाले सुरक्षाको चिन्ता लिइरहनुपर्दैन।
टुएल एडास सेफ्टी फिचर रहेको गाडीमा क्रुज कन्ट्रोल, अगाडि वा पछाडि कुनै वस्तु नजिक आउँदा अलार्म दिने सुविधा छ।
गाडीको डाइमेन्सनतर्फ लम्बाइ ४४०६, चौडाइ १९१० र उचाइ १७१५ एमएम छ। ह्विलबेस नै २७१५ एमएम रहेको गाडीले अधिकतम १८३.५ पीएस पावर दिन्छ भने २२० एनएम टर्क जेनेरेट गर्छ।

रियर ह्लि ड्राइभमा रहेको गाडीको अधिकतम गति प्रतिघण्टा १५० किलोमिटर छ।
नेपालमा ग्रे, ग्रिन, सिल्भर, ब्याल र ह्वाइट कलरमा उपलब्ध छ।
यो गाडीको मूल्य ६० लाख रुपैयाँ छ। ग्राहकले ८ वर्षको वा १ लाख ५० हजार किलोमिटरसम्म वारेन्टी पाउँछन्।


भिडिओ

प्रतिक्रिया