कारोबार


विशेष अफरसहित श्रीजा अटोमोबाइल्सले विराटनगरमा सुरु गर्‍यो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प

विशेष अफरसहित श्रीजा अटोमोबाइल्सले विराटनगरमा सुरु गर्‍यो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प

नेपालखबर
माघ १५, २०८१ मंगलबार १८:१०, काठमाडौँ

सांग्रिला मोटर्स प्रा. लि. को अधिकृत वितरक श्रीजा अटोमोबाइल्स प्रालिले विराटनगरमा आफ्नो विशेष एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको शुभारम्भ गर्ने घोषणा गरेको छ।

यो चार दिने कार्यक्रम माघ १६ गतेदेखि १९ गतेसम्म कञ्चनजङ्घा बैंक्वेट, गोघ्रा चोक, विराटनगरमा आयोजना हुनेछ।

क्याम्पमा ग्राहकहरुले लिपमोटर सी१० र सिट्रोन इसी३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनको अनुभवका साथै उत्कृष्ट एक्सचेन्ज अफर र वित्तीय सम्झौताहरू पाउने कम्पनीले जनाएको छ।

यी दुवै सवारीसाधनहरूले स्वच्छ र दिगो यातायातको भविष्यलाई प्रस्तुत गर्छन्, जसले ग्राहकहरूलाई वातावरणमैत्री र दिगो यात्रा गर्नको लागि अवसर प्रदान गर्दछ।

कार्यक्रमका आगन्तुकहरूलाई यी अभिनव विद्युतीय सवारी साधनहरू टेस्ट ड्राइभ गर्न र विशेष छुट जस्ता अवसरहरु प्राप्त हुने र नि:शुल्क ७ किलोवाट वाल चार्जर पनि प्राप्त हुने कम्पनीले उल्लेख गरेको छ।

यस क्याम्पले विराटनगरका ग्राहकहरूलाई विद्युतीय सवारी साधनहरूको नवीनतम प्रविधि अन्वेषण गर्ने र बजारमा उपलब्ध सबैभन्दा राम्रो सम्झौताहरुको फाइदा उठाउने  अवसर प्रदान गर्ने कम्पनीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad