कारोबार


सफल भएन होन्डा र निसानको व्यवसाय एकीकरणको प्रयास

सफल भएन होन्डा र निसानको व्यवसाय एकीकरणको प्रयास

निसानका प्रमुख कार्यकारी उचिदा र होन्डाका प्रमुख कार्यकारी ताेसिहिरो (एपी)


नेपालखबर
फागुन १, २०८१ बिहिबार १३:५०, काठमाडौँ

जापानी अटोनिर्मातात्रय होन्डा, निसान र मित्सुबिसीले बिहीबार व्यवसाय एकीकरणका लागि चलिरहेको छलफल अन्त्य गरेको बताएका छन्। 

संयुक्त वक्तव्यमार्फत यी कम्पनीहरुले सहकार्य गर्ने भनी यसअघि सुरु गरेको सहमति अन्त्य गरेको बताएका हुन्। 

समाचार संस्था एपीका अनुसार होन्डा मोटर कम्पनी र निसान मोटर कर्पले डिसेम्बरमा संयुक्त स्वामित्वको कम्पनी बनाउन वार्ता भइरहेको बताएका थिए। सोसँगै मित्सुबिसी मोटर्स कर्पले पनि उक्त समूहमा आबद्ध हुने बताएको थियो। 

होन्डा र निसानले सुरुमा सहमति टुंग्याउने चरणमा रहेको गत जुनमा बताएका थिए। सोसँगै अगस्टदेखि कम्पनी खोल्ने मोटामोटी सहमति समेत भएको थियो। 

तर बिहीबार भने यससम्बन्धी वार्ता यतिकै छाडिएको कम्पनीहरुले उल्लेख गरेका छन्। यद्यपि उनीहरुले विद्युतीय सवारीसाधन र स्वचालित ड्राइभिङजस्ता स्मार्टकारमा सँगै काम गर्न निरन्तर लागि पर्ने पनि उल्लेख गरेका छन्। 

गत हप्ताहरुमा जापानी मिडियाहरुले सहमति तोडिनेसम्बन्धी समाचार प्रकाशित गरिरहेका थिए। तीमध्ये केहीले निसान होन्डासँगको साझेदारीमा सानो खेलाडी बन्न नचाहेको उल्लेख थियो। यता होन्डा भने वित्तीय हिसाबमा पनि राम्रो रहेकाले संयुक्त कार्यकारी समूहको नेतृत्व लिन चाहन्थ्यो। 

निसानले जुलाई–सेप्टेम्बर त्रैमासिकमा घाटाको विवरण सार्वजनिक गरेको थियो। बिक्री घटेको भन्दै कम्पनीले ९ हजार रोजगारी कटौती गर्ने बताएको थियो। सो समयमा प्रमुख कार्यकारी माकोतो उचिदाले उक्त खराब वित्तीय नतिजाका कारण ५० प्रतिशत कम तलब लिएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad