राजनीति


शक्तिशाली राष्ट्रले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारे : पर्यटनमन्त्री पाण्डे

शक्तिशाली राष्ट्रले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारे : पर्यटनमन्त्री पाण्डे

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०८१ बिहिबार १३:५७, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका छन्। 

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रकृतिको दोहन गरेर शक्ति राष्ट्रहरूले पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका हुन्। 

प्रकृतिको दोहनका कारण पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशको सन्तुलन बिग्रिएको उनको भनाइ छ।  त्यस्तै उनले कर्णाली नदीलाई एउटा महत्वपूर्ण सम्भावना बोकेको नदीको रुपमा अगाडि सार्न सकिने बताए। 

‘कर्णाली नदीलाई एउटा महत्वपूर्ण सम्भावना बोकेको नदीको रुपमा यसलाई अगाडि सार्न सकिन्छ, यसका शाखा नदीहरूबाट मात्रै विद्युत उत्पादन पनि सात हजार मेगावाटभन्दा बढी उत्पादन सम्भव छ भने मुल नदीलाई हामीले किन अतिक्रमण गर्ने, दोहन वा खण्डित गर्ने भन्ने एउटा छलफल सुरु भएको छ,' उनले भने, 'यो छलफललाई हामीले गम्भीरताका साथ अगाडि लिएर जानुपर्छ। अहिले संसारभर नै चलेको बहस भनेकै त्यही हो।'

शक्तिशाली राष्ट्रहरूले प्रकृतिको विभिन्न किसिमले दोहन गरेर त्यसबाट पृथ्वीको सन्तुलन नै पृथ्वीको जल, तेज, वायु, आकाशको जुन पञ्चतत्वको सन्तुलन छ त्यो सन्तुलनमै समस्याहरू खडा भएको छ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad