कारोबार


नेपालमा टियागो ईभीको बुकिङ र डेलिभरी सुरु, कति पर्छ मूल्य?

नेपालमा टियागो ईभीको बुकिङ र डेलिभरी सुरु, कति पर्छ मूल्य?

नेपालखबर
फागुन २, २०८१ शुक्रबार १४:५८, काठमाडौँ

विद्युतीय सवारीसाधन निर्माता टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा नेपालमा टियागो ईभी २०२५को बुकिङ साथै डेलिभरी सुरु गरेको छ।

कम्पनीका अनुसार उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्तामैत्री सुविधा एवम् अन्य धेरै नयाँ डिजिटल विशेषताको साथ टियागो ईभी २०२५ मोडल पुरानै सुरुवाती मूल्य २७.४९ लाखमा नेपालमा आएको हो।

टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवालले नेपालमा कम्पनीका विद्युतीय सवारीसाधनहरूको भव्य सफलताले हामीलाई  नयाँ २०२५ टियागो ईभी प्रस्तुत गर्न उत्प्रेरित गरेको हो। 

‘टाटा टियोगो ईभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ’, उनले भने, ‘त्यसैले टाटा मोटर्स पूर्ण आशावादी छ कि २०२५ टियागो ईभीले आफ्नो विरासत कायम राख्दै विगतझैँ नेपालकै सबैभन्दा बढी बिक्री हुने विद्युतीय ह्याचब्याक बनिरहनेछ।’

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले टियागो ईभी नेपाली बजारमा सर्वाधिक लोकप्रिय विद्युतीय ह्याचब्याकको रुपमा स्थापित भइसकेको बताए। 

‘यसमा सबैभन्दा सुरक्षित, सरल, एवं आरामदायी ढंगले  नेपालको सहरी क्षेत्रमा यात्रा गर्न सक्ने हुनाले यो सफलता सम्भव भएको हो’, उनले भने, ‘यसको नँया मोडेल २०२५ टियागो ईभी पनि आधुनिक रंग, डिजाइन, प्रविधि र सुरक्षाको दृष्टिकोणले अझ बढी अब्बल छ। हामीलाई पूर्ण विश्वास्त छ कि यसले धेरैभन्दा धेरै नेपाली ग्राहकहरुको माया र विश्वास जित्नेछ।’

कम्पनीको अनुसार नयाँ टियागो ईभी २०२५ मोडलमा ग्राहकहरुले २६.०३ से.मी.को फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगायत वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको सुविधा लिन सक्छन्। सुरक्षाको दृष्टिकोणले दुई एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम र हिल होल्ड कन्ट्रोल जस्ता विशेषताहरु यसमा छन्। 

टियागो ईभीमा आईपी६७ रेटेड ब्याट्री प्याक समावेश गरिएको छ जसकारणले नेपालको जस्तोसुकै भूगोलमा पनि विना कुनै झन्झट उत्कृष्ट ढंगले कार्य गर्नेछ। 

साथै कूल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल, र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरुले एक विल्कुलै आरामदायी यात्राको अनुभव प्रदान गर्छ। यो गाडी स्लिक एलइडी हेडल्याम्प, डिएलआर र आर१४  हाइपरस्टाइल ह्विलले सुसज्जित छ, जसको कारण गाडी ‘स्पोर्टी ’ र अत्याधुनिक देखिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad