नेपालका लागि केयी मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी ईमोबिलिटीले ‘ड्राइभ फर अ कज’ कार्यक्रम आयोजना गर्ने भएको छ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कम्पनीले उक्त कार्यक्रम आयोजना गरेको हो।
यसले दिगोपना र सामाजिक प्रभावलाई समर्थन गर्न तात्विक योगदानको लागि सहभागिता जनाउन अनुरोध गर्ने लक्ष्य राखेको छ। यसमा सहभागीहरुले धापाखेलमा रहेको सेरेब्रल पाल्सी स्कुलका विद्यार्थीहरुका लागि स्टेसनरी सामान, खेलौना र अन्य वस्तुहरु प्रदान गर्न सक्नेछन्।
सहभागीहरुलाई पुनः प्रयोग गर्न सकिने पुस्तकहरु, खेलौना र राम्रो अवस्थाका ह्विलचेयरहरु ल्याउन अनुरोध गरिएको छ। लक्ष्मी ईमोबिलिटीले आवश्यक नयाँ स्टेसनरी सामानहरुको बन्दोबस्त गर्ने जनाएको छ।
केयी नेपालले आफ्ना साथी, परिवारजनलाई यस इनिसिएटिभमा सहभागी हुन अनुरोध गरेको छ।
उक्त कार्यक्रम थापाथलीमा रहेको हुन्डाई ईभी शोरुमबाट मार्च ८ मा सुरु हुनेछ।
Shares

प्रतिक्रिया