कारोबार


जीएसी ईभीहरूमा एयरब्यागहरू कसरी र कहिले सक्रिय हुन्छन्?

जीएसी ईभीहरूमा एयरब्यागहरू कसरी र कहिले सक्रिय हुन्छन्?

नेपालखबर
फागुन २८, २०८१ बुधबार १२:२१, काठमाडौँ

विश्वको तेस्रो ठूलो विद्युतीय सवारीसाधन निर्माता जीएसी समूहले ईभीहरूमा सुरक्षाका लागि राखिएका एयरब्यागहरुबारे जानकारी गराएको छ। 

पछिल्लो समय टोयोटा र होन्डाले चीन बजारका लागि आफ्ना सम्पूर्ण मोडेलहरू जीएसीमार्फत निर्माण गरिरहेका छन्। हालै, टोयोटाले आफ्नो नयाँ विद्युतीय एसयूभी बीजेट३एक्स चीनमा सार्वजनिक गरेको छ। जुन पूर्ण रूपमा जीएसीद्वारा निर्मित रहेको कम्पनीको भनाइ छ।

यही सन्दर्भमा कम्पनीले एयरब्यागबारे जानकारी दिएको हो। जीएसीका अनुसार एयरब्यागको सक्रियता सवारीसाधनको महत्त्वपूर्ण सुरक्षात्मक प्रणाली हो।

यसले दुर्घटनाको समयमा यात्रुहरूको सुरक्षा प्रदान गर्छ। एयरब्यागको सक्रियता विभिन्न कारकहरूमा निर्भर गर्दछ, जस्तै सवारीको गति, टक्करको कोण, बाधा प्रकार र दुर्घटनाको गम्भीरता।

सवारीसाधनको   मापदण्ड अनुसार, एयरब्यागहरू मुख्य रूपमा मध्यमदेखि गम्भीर स्तरका अगाडि हुने टक्करहरूमा मात्र सक्रिय गरिन्छन्, जहाँ यात्रुहरूको सुरक्षा आवश्यक हुन्छ।

केही विशेष अवस्थामा, जस्तै संकुचित वस्तुहरू (जस्तै पोल वा रूख) संग ठक्कर, पछाडिबाट ठक्कर, गाडी पल्टिने घटनाहरू, वा सानो स्तरका टक्करहरूमा, सवारीसाधनका सेन्सरहरूले एयरब्यागको सक्रियता आवश्यक नरहेको ठान्न सक्छन्। यसले अनावश्यक रूपमा एयरब्यागहरू नखुल्ने सुनिश्चित गर्दछ, जसले यात्रुहरूलाई अनावश्यक जोखिमबाट जोगाउँछ।

जीएसी समूहले विश्वव्यापी सुरक्षासँग सम्बन्धित मापदण्डहरू तथा प्रमाणपत्रहरू प्राप्त गरेको छ र यसले उच्च स्थरको सुरक्षा प्रविधिहरू प्रयोग गर्दछ। कम्पनी सधैं नवीनतम सुरक्षा प्रणालीहरू विकास गर्दै यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकता दिन प्रतिबद्ध छ। जीएसीले आफ्ना ग्राहकहरूलाई सवारीसाधनको म्यानुअल हेर्न तथा एयरब्यागको कार्यक्षमता र अन्य सुरक्षा विशेषताहरूबारे विस्तृत जानकारीको लागि अधिकारिक सेवा केन्द्रहरूमा सम्पर्क गर्न सल्लाह दिन्छ।

ग्राहकलाई सवारीसाधनको सुरक्षासँग सम्बन्धित थप जानकारी आवश्यक भएमा उनीहरूले जीएसीको ग्राहक सेवा केन्द्रमा  सम्पर्क गर्न वा नजिकको अधिकारिक सेवा केन्द्र वा शोरूममा सम्पर्क गर्न अनुरोध गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad