कारोबार


सुरक्षालाई प्राथमिकता दिइएको नयाँ निसान म्याग्नाइट फेसलिफ्ट (तस्बिर/भिडिओ)


सरोज नेपाल/सौगात दाहाल
चैत १० , काठमाडौँ

सुरक्षा फिचरसँगै अन्य आधुनिक सुविधाहरुसहित नेपाल भित्रिएको निसान म्याग्नाइट फेसलिफ्ट नेपालमा ३५ सयभन्दा बढी बिक्री भइसकेको छ। 

बोल्ड लुक्ससहित आएको यो गाडी पायोनियर मोटोकर्पले बिक्री गर्छ। विश्वव्यापी रूपमा सन् २०२० डिसेम्बरमा सार्वजनिक भएको म्याग्नाइट नेपालमा पहिलोपटक सन् २०२१ मा आएको थियो।

अहिले ल्याइएका म्याग्नाइटमा पहिलेका केही कमजोरीहरु सुधार गरिएका छन् भने नयाँ फिचर पनि थपिएका छन्। जस्तो कि सेफ्टी फिचरलाई बढी ध्यान दिइएको छ। पहिले डुअल एयरब्याग रहेकामा बढाएर अहिले ६ वटा राखिएका छन्।

यति मात्र नभई गाडीमा भेहिकल डाइनामिक कन्ट्रोल मोड, हिल स्टार्ट असिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट, एबीएस, ईबीडी र टायर प्रेसर मनिटरलगायत २० फिचर थपिएको कम्पनीले जनाएको छ। म्याग्नाइटमा स्ट्यान्डर्ड र एक्टिभ गरी कुल ५५ भन्दा बढी सेफ्टी फिचर छन्।

कम्पनीका अनुसार एक हजार सीसीमा गाडी उपलब्ध छ। ३४ लाख ७५ हजार सुरुवाती मूल्य रहेको म्याग्नाइट लक्जरी भेरियन्टको लागि ग्राहकले ५३ लाख रुपैयाँ खर्च गर्नुपर्छ। 

यसमा ननटर्बो, टर्बो र अटोमेटिक ३ सेग्मेन्टमा गाडी पाइन्छ। बेस र लक्जरी गाडीमा सेफ्टी फिचर एउटै भए पनि साउन्ड सिस्टम, सिट, इन्टेरियर डिजाइन रकमअनुसार फरक–फरक छ। 

पहिले ब्याक क्यामेरा मात्रै रहेको गाडीमा अहिले ३६० क्यामेराको सुविधा छ। म्याग्नाइटमा हनिकप डिजाइनको ग्रिल आएको छ। लुक्सहरुमा केही सुधार गरी आकर्षक देखाएको छ। 

अहिले भित्रिएको म्याग्नाइटमा प्रोजेक्टेड हेडल्याम्प, एसईडी लाइट, फग लाइट छ। फेसलिफ्ट म्याग्नाइटमा एलईडी टेलल्याम्पका केही परिवर्तन गरिएको छ। 

फुल अप्सन गाडीको इन्टेरियरमा लेदर सिट, लेदर ड्यास समेत दिइएको छ। आर्म रेस्ट, कप होल्डरलगायतका सुविधा छन् भने ड्राइभिङसँगै पछाडि प्यासेन्जर सिटमा एसीसँगै चार्जरको सुविधा थप गरिएको छ।  

निसान म्याग्नाइटले नेपाल र अन्तर्राष्ट्रिय दुवै बजारमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ। ६ वटा मोनोटोन तथा ५ वटा डुअल–टोन कलर अप्सनमा यो गाडी उपलब्ध छ। 

म्याग्नाइटको क्याबिनमा सबैभन्दा ठूलो स्टोरेज, सुधारिएको सिट, ३३६ लिटरबाट ६९० लिटरसम्म बढाउन मिल्ने बुट स्पेस छ भने पछाडिको सिटलाई ६०ः४० को अनुपातमा स्प्लिट गर्न मिल्नेजस्ता विशेषता छन्। 

६० मिटर परबाटै रिमोटको सहायतामा इन्जिन सुचारु गर्न सकिने सुविधा दिइएको गाडीमा नयाँ ग्लोबल स्मार्ट कि उपलब्ध छ। एसयूभीमा सबैभन्दा ठूलो इलेक्ट्रोनिक बेजललेस अटो डिमिङ आईआरभीएस, पूर्ण एलईडी बाहिरी प्याक र चारैतिर अवलोकन गर्ने मनिटरको सुविधा दिइएको छ।  

नयाँ म्याग्नाइटमा १७.७८ सेन्टिमिटर लामो डिजिटल क्लस्टर, २०.३२ सेन्टिमिटर लामो फ्लोटिङ टचस्क्रिन छ। यस एसयूभीमा जडान गरिएको नयाँ १.० टर्बो इन्जिनले सेग्मेन्टमै शक्तिशाली र उच्च पर्फमेन्स दिन्छ। 

कम्पनीका अनुसार यो गाडीले प्रतिलिटर पेट्रोलको खपतमा २० किलोमिटर माइलेज दिन्छ। 

थप तस्बिरहरू

चैत १०, २०८१ आइतबार ९:३३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad