कारोबार


टाटाको कर्भ ईभीबाट ४००० किमि बढी यात्रा, केरलाबाट काठमाडौं आइपुगे ३ जना

टाटाको कर्भ ईभीबाट ४००० किमि बढी यात्रा, केरलाबाट काठमाडौं आइपुगे ३ जना

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १७:४०, काठमाडौँ

केही समयअघि मात्र नेपालमा सार्वजनिक गरिएको टाटा मोटर्सको कर्भ ईभी चढेर भारतका ३ जनाले ४००० बढी किमिको यात्रा गरेका छन्। 

केरला राज्यको कोचीबाट काठमाडौंसम्म गो ईसी टिमले यो यात्रा तय गरेको हो। जसमा यदु र उन्नीसँगै यात्रा भ्लगर याजिन पनि सहभागी भएका थिए। 

टाटाको एक मात्र नेपाली बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार कोचीबाट टाटाको पूर्ण विद्युतीय कार कर्भ ईभीमा आएको टोलीलाई काठमाडौंको थापाथलीस्थित टाटा मोटर्स शोरुममा स्वागत गरिएको थियो।

यसले भारत र नेपालका फरक फरक भूगोलमा ईभीको क्षमता, विश्वसनीयता र रेन्जको उच्च प्रदर्शन गरेको कम्पनीले जनाएको छ। 

सो यात्रामा सहभागी याजिनले नेपालमा द्रुतगतिमा विकास भइरहेको ईभी पूर्वाधारको प्रशंसा गरेका थिए। भरपर्दो चार्जिङ सञ्जाल रहेकाले यो यात्रा सफल भएको पनि उनले बताए। 

कर्भ ईभीको १८६ एमएम ग्राउन्ड क्लियरेन्सले नेपालको पहाडी सडकमा यात्रा गर्न सहज भएको उनको भनाइ थियो। 

नेपालमा रहँदा उनीहरुले दिगो यातायातको भविष्यबारे समुदाय, विद्यार्थी, स्थानीयलगायतसँग सचेतनामूलक सहभागिता जनाउने बताइएको छ। 

कस्तो छ कर्भ ईभी? 
सिप्रदीले कुपे डिजाइनमा नयाँ मोडलको रूपमा कर्भ ईभी ल्याएको छ। सिप्रदीले ल्याएको गाडीमध्ये यो सबैभन्दा बढी ब्याट्री क्षमताको छ। यसमा ९८ किलोवाट मोटर पावर छ भने ५५ किलोवाट आवरको ब्याट्री छ।

फागुनमा सार्वजनिक गरिएको कर्भ ईभीको टप भेरियन्टको मूल्य ५६ लाख ९९ रूपैयाँ रहेको छ। 

नेपालमा यो गाडी ५५ किलोवाट आवरको ब्याट्रीमा सार्वजनिक भएको छ। आधुनिक डिजाइनको इन्टेरियर कर्भ ईभी डुअल टनमा छ। यसमा १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्चको ड्राइभर डिस्प्ले छ।

सुरक्षा फिचर्समा एन्टिलक ब्रेकिङ सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल छ भने अधिकतम गति १६० प्रतिकिलोमिटर छ। त्यसबाहेक टाटाले टियागाे २०२५ माेडल सार्वजनिक गरेको छ। टाटा टियागाे इन्ट्री लेभलको माेडल हाे। २७.४९ लाख रहेको छ। नेपालमा २ हजार बिक्री गरिसकेको छ।

त्यस्तै, टाटा नेक्सनको नयाँ भर्जन के थ्री सार्वजनिक गरेको छ। ४५ किलाेवाट आवर ब्याट्री क्षमतामा ल्याएको छ। जसमा ३२५ किलोमिटर ग्यारेन्टी दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad