कारोबार


नेपाली सडकमा ५ सय बढी सेरेस ईभी, अर्को वर्ष थप ३ नयाँ ईभी आउने

नेपाली सडकमा ५ सय बढी सेरेस ईभी, अर्को वर्ष थप ३ नयाँ ईभी आउने

नेपालखबर
जेठ २, २०८२ शुक्रबार ११:२५, काठमाडौँ

अन्तर्राष्ट्रियस्तरको प्रिमियम विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपालका सडकहरूमा आफ्ना ५०० भन्दा बढी सेरेस ईभीहरू पुगेको जानकारी दिएको छ। 

यसलाई कम्पनीले सफलताको रुपमा लिँदै केक काटेर उत्सव नै मनाएको छ।

कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्धनिर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्त लगायत प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।

एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्धनिर्देशक विवेक सिकरियाले नेपालका सडकमा सेरेस गाडीको सङ्ख्या ५०० भन्दा बढी पुग्नु कम्पनीको दायित्व, समर्पण र नेपालको विविधतायुक्त भूगोललाई ध्यानमा राखेर तयार पारिएको भरपर्दो तथा नवीनतम ईभी सोलुसन्सको प्रमाण भएको उल्लेख गरे। 

उनले भने, “नेपाली उपभोक्तामा सेरेसप्रतिको विश्वास र उत्साह बढ्दो छ भन्ने देख्दा हामी अत्यन्त उत्साहित छौँ। सेरेसको आधुनिक प्रविधि, बलियो प्रदर्शन र स्टाइलिश डिजाइन नेपाली प्रयोगकर्ताहरूको रोजाइसँग मेल खान्छ। यो उपलब्धिले सेरेसको अन्तर्राष्ट्रिय उत्कृष्टतासँगै नेपालको दिगो वातावरणमैत्री भविष्य निर्माणमा हाम्रो योगदानलाई पनि प्रस्ट पार्छ।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad