कारोबार


१० महिनामा भित्रिए ९ हजार ८५९ विद्युतीय गाडी

१० महिनामा भित्रिए ९ हजार ८५९ विद्युतीय गाडी

चोभारमा राखिएका आयातित ईभी (रासस)


नेपालखबर
जेठ ७, २०८२ बुधबार १६:४२, काठमाडौँ

चालू आर्थिक वर्षको १० महिनामा ९ हजार ८५९ विद्युतीय गाडी आयात भएका छन्। 

सरकारले विद्युतीय गाडीमा कर बढाउने पूर्वअनुमानका आधारमा वैशाखमा आयात ह्वात्तै बढेको हो। 

चैत मसान्तसम्म ७ हजार ९६७ विद्युतीय गाडी भित्रिएकोमा वैशाखमा १८ सय ९२ बढी गाडी भित्रिएका हुन्। 

भन्सार विभागका अनुसार वैशाखसम्म ५० किलोवाटका गाडी ३ हजार ३६९ भित्रिएका छन्। त्यसैगरी ५१ देखि १०० किलोवाटसम्म ५ हजार ५३४ गाडी भित्रिँदा १०० देखि २०० किलोवाटसम्म ९२७ गाडी भित्रिएको उल्लेख छ। 

यसबाहेक २०० किलोवाट माथिका २० गाडी मात्रै भित्रिएका छन्। वैशाखसम्म पेट्रोल र डिजेलका ३२ सय ४४ गाडी भित्रिएका छन्।

वैशाखसम्म ८२ अर्ब २४ करोड रुपैयाँका सवारी साधन तथा तिनका पार्टस आयात भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad