कारोबार


‘बुलेट’को विरासत बोक्ने क्लासिक ३५० को नयाँ मोडल (भिडिओ)


सरोज नेपाल/सौगात दाहाल
जेठ ८ , काठमाडौँ

बुलेट बाइकको विरासत बोक्ने क्लासिक ३५० को नयाँ मोडल बजारमा आएको छ।

प्रिमियम ब्रान्ड रोयल इन्फिल्डले क्लासिक ३५० मोडल २०२५ नयाँ फिचरसहित बजारमा ल्याएको छ। 

नेपालमा रोयल इन्फिल्डको क्लासिक ३५० सबैभन्दा बढी रुचाइने मोटरसाइकलमा पर्छ। अहिले कम्पनीले एफआई इन्जिनसहित यो बाइक ल्याएको हो। 

नेपालमा २२ वर्षदेखि रोयल इन्फिल्डका बाइकको उपस्थिति छ। त्रिवेणी ग्रुपअन्तर्गतको अल्फा अटोमोटिभ्सले नेपालमै एसेम्बल गर्छ। नेपालमा एसेम्बल भएको बाइकको मोडलको मूल्य समेत घटेको छ। 

यसको सुरूवाती भेरियन्टको मुल्य ५ लाख ५५ हजार तोकिएको छ। सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबीएससहित प्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराएको छ। 

त्यसमा टाइप सी यूएसबी चार्जर र गियर सूचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ। अबदेखि नेपालमा क्लासिकको सबै भेरियन्टमा एबीएस उपलब्ध हुनेछ। 

न्यू क्लासिक ३५० सातवटा आकर्षक रङमा उपलब्ध छ। पाँच भेरियन्टका बाइकहरू हेरिटेज, हेरिटेज प्रिमियम, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा उपलब्ध छन्। प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङसँगै आकर्षक डिजाइन देख्न पाइन्छ। 

रोयल इनफिल्ड आकर्षक शिल्प, बलियो स्वरूप र शक्तिशाली प्रदर्शनको प्रतीकको रूपमा छ। सिट हाइट ८५५ एमएम रहेको मोटरसाइकल १९५ किलोग्रामको कर्ब वेट छ। यसले पावरतर्फ २०.२ पीएस र २७ एनएम टर्क जेनेरेट गर्छ। ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेकोले नेपालका अधिकांश सडकमा कुदाउन सकिन्छ। 

सन् १९५० देखि चलिरहेको क्लासिकले विशुद्ध मोटरसाइक्लिङ अनुभवलाई प्रतिनिधित्व गर्दै आएको छ। नयाँ क्लासिक ३५० ले इनफिल्डको विरासतलाई थप समृद्ध बनाउनुका साथै नयाँ पुस्ताका राइडहरूमाझ नवीन तरिकाले यसको विरासत अघि बढ्न विश्वास लिएको कम्पनीले जनाएको छ।

नयाँ क्लासिक ३५० मा कल्स्टरमा धेरै परिवर्तन भई आएको छ। रिजर्भ इन्डिकेसन, समय, ओरोमिटर, ट्रिप, गियर इन्डिकेसनलगायत देख्न सकिन्छ। मोटरसाइकलमा १३ लिटरको इन्धन ट्यांकी छ। 

नयाँ क्लासिक ३५० को कलात्मक डिजाइन, समृद्ध इन्जिनियरङले यसलाई अझै सुन्दर बनाएको छ। नयाँ क्लासिक ३५० ले एबीएस मात्रै होइन विश्वव्यापी रूपमा प्रख्यात इन्फिल्डको कलात्मक डिजाइनको अनुभव प्रदान गर्छ। 

क्लासिङ ३५० ले इन्फिल्ड स्वरूपको ऐतिहासिकता र आधुनिकतालाई कलात्मक र रचनात्मक रूपमा जोडेको छ। यस मोडलले रोयल इन्फिल्डको आधिकारिक डीएनएको प्रतिनिधित्व गरेको छ। 

यो मोडलले रोयल इन्फिल्ड ब्रान्डको अन्य सिरिजका लागि आधार तयार गर्नुका साथै शिल्प, क्षमता र गौरवशाली विरासतलाई कायमै राख्न पनि प्रेरित गरेको छ। आधुनिक सुधारसहितको क्लासिक डिजाइनले क्लासिक मोटरसाइक्लिङ्लाई थप रोमाञ्चित बनाउनेछ। सेफ्टी फिचर्समा डुअल डिस्क, एबीएस छ। 

 

जेठ ८, २०८२ बिहिबार ७:८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad