कारोबार


दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर

पहिलो ६ महिनाको मासिक किस्ता बुझाउन नपर्ने
दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर

नेपालखबर
असार ३, २०८२ मंगलबार १२:१८, काठमाडौँ

दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले आकर्षक ग्राहकमैत्री स्किम ‘ड्राइभ नाउ, पे लेटर’ सार्वजनिक गरेको छ।

निश्चित समयका लागि जारी गरिएको यो स्किमअन्तगर्त दिपलको प्रिमियम ईभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नु नपर्ने कम्पनीले जनाएको छ।

‘यो ग्राहक योजनाले विश्वस्तरीय डिजाइन र प्रविधिले भरिएको नेपालको नं १ लक्जरी ईभी ब्रान्ड दिपल खरिद गर्ने ग्राहकको सपनालाई सहज बनाउनेछ’, कम्पनीले भनेको छ, ‘ग्राहकले ६ महिनाको मासिक किस्ता निःशुल्क पाउनुका साथै आफ्नो पुरानो कारमा बजारकै उत्कृष्ट रिकन्डिसन भ्यालु, निःशुल्क अटो प्लस इन्स्योरेन्स, निशुल्क ७ किलोवाट वालचार्जर र ३ किलोवाटको ट्राभल चार्जर र ८२/८३ सालको निःशुल्क सडक कर पनि पाउनुहुनेछ।’ 

यो योजना दिपल एस०७, दिपल एस०७ एल र दिपल एल०७ मा नेपालभरका दिपल सोरुममा उपलब्ध हुनेछ।

एक वर्षअघि नेपालमा सार्वजनिक भएपछि हालसम्म ९०० युनिटभन्दा बढी दिपल विक्री भइसकेको छ। जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन, एआर एचयुडी लगायत १० भन्दा बढी इन्डस्ट्रि फस्र्ट फिचरहरु छन् जसले दिपललाई नेपालकै सबैभन्दा बढी रुचाइएको लक्जरी ईभी बनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad