ईभी निर्माता एमजीको नयाँ गाडी एमजी विन्डसर यही साता नेपालमा सार्वजनिक हुने भएको छ।
कम्पनीको नेपाली बिक्रेता प्यारामाउन्ट मोटर्सले नयाँ गाडी बुधबार सार्वजनिक गर्नलागेको हो। पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर टाइप रहेको गाडीको अधिकतम पावर १३६ पीएस÷१००केडब्लु, टर्क २०० एनएम, ३८ किलोवाट आवर ब्याट्री क्षमता, सीसीएस२ चार्जिङ कनेक्टरयुक्त छ।
यसमा ४५ केडब्लु फास्ट चार्जिङ सपोर्ट रहेको छ। यसबाट ४५ मिनेटमा २० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुने कम्पनीले उल्लेख गरेको छ। अटोमेटिक ट्रान्समिसन रहेको गाडीले ३३२ किमि रेन्ज दिने दाबी गरिएको छ।
यसको सुरुवाती मूल्य ३९ लाख ४९ हजार रहेको प्यारामाउन्ट मोटर्सले जनाएको छ।
231
Shares

प्रतिक्रिया