कारोबार


नाइमा अटो शोका लागि चीनबाट लिपमोटर बी१० नेपाल ल्याइँदै

नाइमा अटो शोका लागि चीनबाट लिपमोटर बी१० नेपाल ल्याइँदै

नेपालखबर
असार ३२, २०८२ बुधबार १८:४, काठमाडौँ

नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स प्रालिले बहुप्रतीक्षित लिपमोटर बी१० चीनबाट नेपाल ल्याइरहेको बताएको छ। 

लिपमोटर बी१० पहिलो पटक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित आगामी नाइमा अटो शोमा प्रदर्शन गरिने कम्पनीले जनाएको छ।

आगामी साउन २१-२५ गतेसम्म उक्त शो काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदै छ। 

‘यो साङ्ग्रिला मोटर्सको नेपालमा उन्नत र दिगो विद्युतीय सवारी समाधानहरू ल्याउने यात्रामा महत्वपूर्ण उपलब्धि हो’, कम्पनीले भनेको छ।

गोल्छा अर्गनाइजेसन अन्तर्गत रहेको साङ्ग्रिला मोटर्स प्रा. लि. सन् २०१७ देखि प्यूजो र २०२१ देखि सिट्रोन र २०२४ देखि लिपमोटर गाडीहरूको नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ। 

कम्पनीले आफ्ना ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै नवीन, स्टाइलिश र वातावरणमैत्री सवारी साधनहरू उपलब्ध गराउने आफ्नो दृष्टिलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

साङ्ग्रिला मोटर्सका प्रबन्धनिर्देशक जय गोल्छाले लिपमोटर बी१० नेपालमा आइरहेको घोषणा गर्न पाउँदा उत्साहित रहेको बताए। 

‘यो लन्चले नेपाली ग्राहकहरूलाई नवीनतम विद्युतीय मोबिलिटी प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउनेछ’, उनले भने, ‘हामी नाइमा अटो शोमा बी१० को उद्घाटन गर्न उत्सुक छौँ र यो गाडीले नेपाली बजारमा ईभीप्रतिको अपेक्षालाई पुनः परिभाषित गर्नेमा विश्वस्त छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad