एलएस अटोको नेपालको लागि आधिकारिक वितरक नेक्सन भेन्चरले नयाँ मोडलका इलेक्ट्रिक भेहिकलहरु नेपाल भित्रिएको छ।
एलएस अटोले उत्पादन गरेको प्रिमियम ह्याचव्याक र अलह्विल ड्राइभका दुई मोडलहरु नेपाल आइपुगेका हुन्।
आगामी साउन २१ बाट सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा नेपाल भित्रिएका एलइभी०५ र एलईभी एक्स प्रदर्शन हुनेछ।
एलइभी०५ एक प्रिमियम ह्याचब्याक कार हो। यो कारमा सेग्मेन्टकै सबैभन्दा ठूलो ५६ किलोवाट अवारको ब्याट्रीप्याक रहेको छ। ७० किलोवाटको मोटर भएको यो कारले नेपाली बाटोमा ४०० किलोमिटरको रेन्ज आरामले दिने कम्पनीले दाबी गरेको छ।
त्यस्तै एलईभी एक्स एक अलह्विल ड्राइभ क्रसओभर एसयूभी हो। यस अघि नेपालमा बिक्री भइरहेको एलईभी वानको अलह्विल ड्राइभ भर्सन एलईभी एक्स मा ७७ किलोवाट आवरको ब्याट्रीप्याक र १९८ किलोवाटको मोटर छ। यो एसयूभीले ५५० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीले दाबी गरेको छ।
सेग्मेन्टमै सबैभन्दा धेरै २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यो एसयूभी अलह्विल ड्राइभ भएसँगै जस्तोसुकै बाटोहरुमा समेत आरामले चलाउन सकिने भएको छ। कम्पनीका अनुसार एलईभी वानभन्दा अलह्विल ड्राइभ एलईभी एक्समा क्याबिनका केही फिचरहरु समेत अपडेट भएका छन्।
यी कारको मूल्य भने नाइमा मोबिलिटी शोमा सार्वजनिक गर्ने कम्पनीले योजना बनाएको छ।
Shares

प्रतिक्रिया