कारोबार


दिपलको उड्ने ट्याक्सी नाडा अटो शोमा प्रधानमन्त्रीले सार्वजनिक गर्ने

दिपलको उड्ने ट्याक्सी नाडा अटो शोमा प्रधानमन्त्रीले सार्वजनिक गर्ने

नेपालखबर
भदौ २, २०८२ सोमबार १४:१०, काठमाडौँ

भोलि मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५ मा नेपालकै पहिलो इभीटोल दिपलको उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन्।

एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै इभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग लाई नाडा अटो सोमा प्रदर्शनीमा राख्न लागेको हो। 

एमएडब्लु वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोटहरु पनि प्रदर्शनीमा राख्नेछ जसले आगन्तुहरुसँग प्रत्यक्ष संवाद गर्दे मानिसहरुको जस्तो गतिविधि र संसार गर्नेछन्।

यी नवीनतम प्रविधिले नाडा अटो सोलाई एउटा अटोमोबाइल प्रदर्शनीमा मात्र नभई एउटा नयाँ युगको आगमनको उत्सव बनाउने कम्पनीले जनाएको छ। 

नयाँ प्रविधिहरुसँगै नाडा अटो सोमा दिपल तथा अवतारका फ्युचरिस्टिक कारहरु दिपल एस०५, एस०७ आईसीए, ई०७ र अल्ट्राप्रिमियम अवतार ११ प्रदर्शनीमा राखिनेछन् ।

गत साता नेपालमा धमाकेदाररुपमा सार्वजनिक भएको दिपल एस०५ ले केही दिनमै अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

लक्जरी, स्टाइल र टेक्नोलोजीको विशिष्ट सम्मीश्रणकै कारण यो नयाँ एसयुभी लोकप्रिय बन्न पुगेको हो । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलका सबै इभीहरु नाडाको एवान र एटु स्टलमा प्रत्यक्ष रुपमा अनुभव गर्न सकिनेछ ।

‘नाडा अटो सो सधैं नयाँ प्रविधि प्रदर्शन गर्ने मञ्च रहँदै आएको छ । यस वर्ष प्रधानमन्त्रीबाटै नेपालको पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुनु स्वयंम्मा एउटा ऐतिहासिक उपलब्ध हो’, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘उड्ने कार, ह्युमनोइड रोबोट र दिपलका डिस्रप्टिक इभी लाइनअपलाई प्रदर्शनमा राखेर हामीले नेपालको मोबिलिटीको भविष्यलाई पुनर्परिभाषित गर्दै छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad