ग्लोबल


ट्रम्प–जेलेन्स्की भेट हुुनुअघि रुसले युक्रेनमा हान्यो बम, कम्तीमा ४ जनाको मृत्यु

ट्रम्प–जेलेन्स्की भेट हुुनुअघि रुसले युक्रेनमा हान्यो बम, कम्तीमा ४ जनाको मृत्यु

रुसले खार्किभमा गरेको आक्रमण गरेको स्थानमा खट्दै आपत्‌कालीन सेवा।


नेपालखबर
भदौ २, २०८२ सोमबार १४:१६, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेट हुनुभन्दा अगाडि रुसले युक्रेनका सहरहरूमा आक्रमण गरेको छ।

खार्किभका मेयर इहोर तेरेखोभले एक अपार्टमेन्ट ब्लकमा रुसले गरेको ड्रोन आक्रमणमा एक बच्चासहित कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन्। 

बीबीसीका अनुसार उनले भनेका छन्, ‘भवनको एक भाग भत्किएको छ र धेरै मानिस  भग्नावशेषमा फसेको आशंका छ।’

उता जापोरिजिया क्षेत्रमा पनि रुसले हानेको ग्लाइड बमले लागेर १ जनाको मृत्यु र ६ जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्।

रुसले रातभर युक्रेनमा चारवटा मिसाइल र १४० वटा ड्रोनले आक्रमण गरेको युक्रेनी वायुसेनाले बताएको छ।

वायुसेनाले रुसले २५ विभिन्न स्थानमा ८८ वटा ड्रोन खसालेको दाबी गरेको छ।

रुस-युक्रेन सम्झौताका विषयमा गत शुक्रबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्कामा भेटवार्ता गरेका ट्रम्पले आज (सोमबार) वासिङ्टनमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग भेट गर्दै छन्। 

त्यसअघि ट्रम्पले युक्रेनलाई क्रिमिया फिर्ता दिन नसकिने बताएका छन्। 

शुक्रबार भएको ट्रम्प-पुटिन भेटवार्तामा पनि कुनै ठोस सहमति हुन सकेन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad