१७औँ नाडा अटो शो सकिएको छ।
यही भदौ २ देखि सुरु भएको नाडा अटो शो आज सकिएको हो।
गत हप्ता सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले शोको उद्घाटन गरेका थिए भने आज स्वास्थ्यमन्त्री प्रदीप पौडेलले समापन गरेका हुन्।
आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अनुसार १७औँ नाडा शोमा १ लाख ६० हजार दर्शकले अवलोकन गरेका छन्।
सवारीसाधन प्रदर्शनी मेलामा १३५ वटा स्टल थिए भने ३० वटा नयाँ गाडी सार्वजनिक गरिएको नाडा अध्यक्ष करण चौधरीले शो समापन समारोहमा जानकारी दिए।
यसपटक दिपलको उड्ने कारदेखि रोबोटसम्म शोको आकर्षण बनेका थिए।
तस्बिरमा समापन (सरोज नेपाल)






















66
Shares

प्रतिक्रिया