पोखरास्थित ओमोडा एण्ड जेकुको आधिकारिक वितरक इलाइट मोटर्स प्रालिले पोखरामा नयाँ ओमोडा एन्ड जेकु शोरूमको औपचारिक उद्घाटन गरेको छ।
यस अवसरमा गण्डकी प्रदेशमा नयाँ जेकु जे५ पनि सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
पोखराको शिवचोक–१० मा अवस्थित नयाँ सोरूम ३एस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहित पूर्ण रूपमा अद्यावधिक गरिएको छ। झण्डै २० हजार वर्गफुट क्षेत्रफलमा फैलिएको यो सोरूमले ग्राहकहरूलाई एउटै स्थानमै सबै सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो।
अत्याधुनिक प्रविधिबाट सुसज्जित सर्भिस सेन्टरले बिक्रीपछि प्रदान गरिने सेवाको गुणस्तरलाई अझ मजबुत बनाउनेछ। जुन ओमोडा एण्ड जेकुको अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पारिएको छ। सेवा प्रशिक्षकहरूलाई अनुभवी प्राविधिक तथा प्रतिनिधिहरूद्वारा विशेष प्रशिक्षण दिइएको छ।
शोरूम उद्घाटनसँगै नयाँ जेकु जे५ को पोखरामा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नाइमा एक्स्पोमा पहिलोपटक प्रदर्शित गरिएको यो गाडी शक्तिशाली विशेषता र आकर्षक डिजाइनका कारण लक्जरी एसयुभी वर्गमा छुट्टै पहिचान बनाउन सफल छ।
जेकु जे५ का प्रमुख विशेषताहरूमा १८५ मिलिमिटर ग्राउन्ड क्लेरेन्स, वर्गमै अगाडि रहेको प्यानोरामिक सनरूफ, १८ इन्चको अलोय ह्वीलसहितको स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज, र ४८० लिटरको बुट स्पेस जस्ता सुविधाहरू छन्।
Shares

प्रतिक्रिया