कारोबार


व्यवसायीको मनोबल बढाउने नीति ल्याउन अर्थमन्त्रीसँग नाडाको माग, दियो २२ बुँदे सुझाव

व्यवसायीको मनोबल बढाउने नीति ल्याउन अर्थमन्त्रीसँग नाडाको माग, दियो २२ बुँदे सुझाव

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १८:३७, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरेको छ। 

अर्थ मन्त्रालयमा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले खनालसँग भेट गरी देशको वर्तमान अवस्थाबारे छलफल गरेको हो। 

व्यवसायीहरुसँगको सो सामूहिक भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले आम व्यवसायीहरुको सुरक्षा र देशको शान्ति र अमन चयन सबैभन्दा महत्वपूर्ण विषय भएको बताएका थिए। 

उनले व्यवसायीहरुको उत्थानका लागि सरकारले ठोस कदम चाल्नुपर्ने धारणा राखेका थिए।

उक्त छलफलमा उनले देशको अर्थतन्त्र खस्किँदै गएको बताउँदै सरकारले व्यवसायीहरुको मनोबल बढाउने खालका नीतिहरु ल्याउनुपर्ने उल्लेख गरे। 

चौधरीले लगानीकर्ताहरु नेपालमा लगानी गर्न विश्वस्त हुन सक्ने अवस्था नरहेको, तोडफोडबाट भएको हानि नोक्सानीको इन्स्योरेन्स डिस्बर्समेन्ट हुनुपर्ने, नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ को कार्यान्वयनबाट सवारी साधनहरुको मूल्य बढ्ने भन्दै नेपालको अटोमोबाइल क्षेत्रले भन्सार राजस्वमा २७ प्रतिशत योगदान दिएको, नाडाको क्षमता र कमजोरीका सम्बन्धमा सरकारलाई यथार्थ जानकारी भएको बताए। सो छलफलमा अध्यक्ष चौधरीले नाडा सरकारसंग सहकार्य गरेर अघि बढन चाहेको उल्लेख गरे। 

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाको तर्फबाट २२ बुँदे सुझावहरु समेत पेस गरे। 

उक्त छलफलमा खासगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट हायर पर्चेस लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोमा हाल ६० प्रतिशतको सीमा बढाएर ८० प्रतिशत पु¥याउनुपर्ने सुझाव समेत दिइएको नाडाले जनाएको छ। 

सो छलफलमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सडक बिगे्रको कारण तातोपानी भन्सारबाट सवारी साधनहरु नेपालमा आउन नसकेकाले छिटै सवारीसाधन सञ्चालन गरिने आश्वासन दिएका दिए। 

व्यवसायीहरुका लागि प्रोत्साहन प्याकेज समेत ल्याइने उनले बताएका थिए। त्यसैगरी नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरुका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिने बताएका थिए।

छलफलको अन्तमा अर्थमन्त्री खनालले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन गर्दै आन्दोलनबाट भएका लस र ड्यामेजको तथ्याङ्क संकलन गरी समुचित कदम चालिने बताए। सोही क्रममा मन्त्री खनालले बैंक र फाइनान्सबाट प्रदान गर्न सकिने सुविधाहरु प्रदान गरिने भन्दै ट्याक्समा के के सुविधा दिन सकिन्छ, त्यसका लागि सरकारले आवश्यक कदम चाल्ने आश्वासन समेत दिए। 

सोही छलफलको क्रममा मन्त्री खनालले आन्दोलनले अटोमोबाइल क्षेत्रमा ठूलो नोक्सानी पु¥याएको बताए। 

आफू व्यवसायीहरुको सिधा सम्पर्क रहने बताउँदै मन्त्री खनालले उक्त छलफलमा ट्याक्सका सम्बन्धमा धेरै सुझावहरु आएको सन्दर्भमा यसबारे क्याबिनेटमा छलफल गरिने बताए। 

उक्त छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्य समिति सदस्यद्वय आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति समेतकोे उपस्थिति थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad