कारोबार


एसपीजी अटोमोबाइल्सद्वारा मुस्ताङको चराङमा चार्जिङ स्टेसन स्थापना

एसपीजी अटोमोबाइल्सद्वारा मुस्ताङको चराङमा चार्जिङ स्टेसन स्थापना

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १४:४, मुस्ताङ

एसपीजी अटोमोबाइल्सले मुस्ताङ–जोमसोम–कोरला राजमार्गअन्तर्गत उपल्लो मुस्ताङको चराङमा नयाँ विद्युतीय गाडीको (इभि) चार्जिङ स्टेसनको औपचारिक उद्घाटन गरेको छ । 

यस स्टेसनको उद्घाटन बिहीबार दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले गरेका हुन्।

समुद्र सतहदेखि ३,५०० मिटरभन्दा माथि अवस्थित यो चार्जिङ स्टेसन नेपालमा ओमोडा र जेइको कम्पनिद्वारा स्थापना गरिएको नेपालको सबैभन्दा माथिल्लो उचाईमा रहेको चार्जिङ स्टेसन हो । 

यसले उपल्लो मुस्ताङ र कोरला तर्फ जाने यात्रुहरूको लागि यात्रा सहज बनाउने अपेक्षा गरिएको छ । यसअघि जोमसोमपछि चार्जिङ सुविधा नहुँदा यात्रुहरूले आफ्नो इभि छोडेर यात्रा जारी गर्नुपर्थ्यो ।

उद्घाटन समारोहमा एसपिजि अटोमोबाइल्स, सर्भिस एन्ड आफ्टर सेल्सका महाप्रबन्धक कृष्ण पोखरेलले प्राविधिक चुनौतीहरूलाई उजागर गर्दै भने, “नेपाल विद्युत प्राधिकरणले चराङसम्म ३३ केभि ट्रान्समिसन लाइन विस्तार नगरेकाले अस्थायी रूपमा आधारभूत चार्जिङ स्टेसन स्थापना गरिएको हो । यो पहल स्थानीय प्रतिनिधि र सरोकारवालाहरूसँगको परामर्श र सहयोगपछि सम्भव भएको हो ।”

यस चार्जिङ स्टेसनको स्थापना यस क्षेत्रको यातायातको गतिशीलता बढाउने मात्र नभई स्थानीयस्तरमा विभिन्न रोजगारी सिर्जना गर्न र वातावरणीय दिगोपनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षाले गरिएको छ । यस उपलब्धिसँगै, एसपिजि अटोमोबाइल्स र ओमोडा एन्ड जेइकोले नेपालमा दिगो मोबिलिटी सोलुसनको क्षेत्रमा नेतृत्व गर्दै, देशको दुर्गम र उच्च पहाडी क्षेत्रमा भरपर्दो इभि पूर्वाधार पुर्‍याउन निरन्तर कदम चाल्दै आएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad