कारोबार


कोरला नाकाबाट शनिबारसम्म भित्रिए २०९ ईभी, साढे ३४ करोड राजस्व संकलन

कोरला नाकाबाट शनिबारसम्म भित्रिए २०९ ईभी, साढे ३४ करोड राजस्व संकलन

नेपालखबर
असोज ५, २०८२ आइतबार १३:३१, काठमाडौँ

नेपाल–चीन तेस्रो नाका व्यापारिक रुपमा सञ्चालनमा आएसँगै धमाधम आयात हुनथालेको छ। 

भन्सार विभागका अनुसार शनिबारसम्म मुस्ताङको कोरला नाका हुँदै २०९ विद्युतीय गाडी भित्रिएका छन्। यसबाहेक १०७ वटा मालवाहक ढुवानी साधन पनि यही नाकाबाट नेपाल आएका छन्। 

सरकारले ती साधनका मालवस्तु जाँचबाट ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व समेत संकलन गरेको भन्सार विभागले जनाएको छ। 

गत भदौ ३० देखि कोरला नाका सञ्चालनमा आएको हो। 

हाल यस नाकामा आशिकुडा प्रणाली समेत सञ्चालनमा भइसकेको छ भने राष्ट्र बैंकले भदौ ३१ गते परिपत्रमार्फत बैंकहरुलाई मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग भई प्रतीतपत्रमार्फत सामान आयात गर्न सहजीकरण गरिदिन भनेको छ। 

गत असार २४ मा रसुवाको ल्हेन्दे खोलामा बाढीले दुई देशको सडक सम्पर्क टुटेको छ भने सिन्धुपाल्चोकको तातोपानी नाका जाने कोदारी राजमार्ग पनि पहिरोले बन्द छ। 

दुई मुख्य नाकामा अवरोधपछि तेस्रो नाकाबाट व्यापारिक सम्बन्ध विस्तार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad