एथर एनर्जी नेपालले यस वर्षको चाडपर्वलाई अझ उत्साहपूर्ण बनाउन रोमाञ्चक अफरहरू ल्याएको छ।
यसअन्तर्गत, ग्राहकहरूले एथर ४५० सिरिज वा नयाँ एथर रिज्टा बुक गर्दा विशेष लन्च अफरहरू प्राप्त गर्नेछन्। यसले उनीहरूको इलेक्ट्रिक यात्रालाई अझ स्मार्ट, सुरक्षित र लाभदायक बनाउने कम्पनीको दाबी छ।
विशेष चाडपर्व अफरहरूमा निःशुल्क एट७० ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा किस्ता सुविधा, न्यूनतम ३० हजार रुपैयाँको एक्सचेन्ज मूल्याङ्कन र ८ हजार रुपैयाँको मूल्य थप सुविधा छ।
अफरमा शर्तहरू लागू हुने कम्पनीले उल्लेख गरेको छ।
“एथर अफर वा छुटबारे होइन”, वैद्य एनर्जी प्रालिका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्यले भने, “नेपाली चाडपर्व नयाँ सुरुवात र परिवारको एकताको प्रतीक हो। यसलाई अझ अर्थपूर्ण बनाउने उत्तम तरिका भनेको भविष्यका लागि बनाइएको, सफा र स्मार्ट स्कूटरको साथमा यो पर्व मनाउनु हो।”
एथर ४५० सिरिजले नेपालमा प्रिमियम इलेक्ट्रिक स्कूटरको नयाँ मापदण्ड स्थापित गरिसकेको छ।
यसमा शक्तिशाली परफर्मेन्स, तीव्र एक्सेलेरेसन, स्किडकन्ट्रोल सुरक्षा प्रणाली, र बुद्धिमान एथरस्ट्याक सफ्टवेयरजस्ता अत्याधुनिक विशेषताहरू छन्।
नाइमा २०२५मा लन्च भएको एथर रिज्टा भारतमा निकै लोकप्रिय भइसकेको छ र अहिले नेपालमा पनि परिवारहरूको पहिलो रोजाइ बन्दै गएको छ।
यसको प्रमुख विशेषताहरूमा एकपटक चार्जमा १५९ किमि दूरी, ५६ लिटरको विशाल स्टोरेज, ७-इञ्च टीएफटी स्मार्ट डिस्प्ले, आरामदायी डिजाइन रहेका छन्।
Shares

प्रतिक्रिया