जीडब्लुएम नेपालले आधिकारिक रुपमा नै ट्यांक सिरिजको ट्यांक ३०० एचईभी र ट्यांक ५०० पीएचईभी नेपालमा सार्वजनिक गरेको छ।
प्रिमियम एसयूभी सेग्मेन्टमा कम्पनीले ट्यांक सिरिजका गाडी नेपालमा ल्याएको हो।
कम्पनीका अनुसार यो शृंखलाका गाडीहरु विलासिता, प्रविधि र अफरोडमैत्री छन्। विश्वव्यापी रुपमा यो शृंखलाका गाडी लोकप्रिय भइसकेको छ। सन् २०२१ को छेन्दु अटो शोमा डेब्यु गरेको यो गाडी सन् २०२२ मा चीनमा सार्वजनिक भएको थियो।
अहिले इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्यु जिल्यान्डमा पुगिसकेको छ। अस्ट्रेलिया, मध्यएसिया, आसियान, मध्यपूर्व र दक्षिण अफ्रिकामा ग्राहकले यसलाई रुचाएको कम्पनीको दाबी छ।
हालसम्म कुल ४ लाख बढी युनिट विश्वबजारमा पुगिसकेको यो गाडी अफरोड यात्रा रुचाउने ग्राहकलाई लक्षित गरी ल्याइएको हो। नेपालमा ट्यांक ब्रान्डको प्रवेशले जीडब्लुएमको नेपालप्रतिको प्रतिबद्धता पूरा गरेको कम्पनीले उल्लेख गरेको छ।
यसका मुख्य विशेषताहरुमा परिष्कृत फोरह्विल्ड प्रणाली, चट्टानी, बलौटे, हिलो र हिउँले ढाकेका बाटालाई लक्षित गरिएका विभिन्न मोडहरु उपलब्ध छन्। सोही कारण पनि नेपाली ग्राहकका लागि यो राम्रो विकल्प बन्ने कम्पनीको दाबी छ।
गाडीमा हाइब्रिड पावर र पर्फमेन्स रहेको छ। यसमा टर्बोचार्ज इन्जिन, शक्तिशाली इलेक्ट्रिक मोटर रहेकाले तत्काल टर्क डेलिभर गर्न सक्षम छ। गाडीभित्र प्रिमियम इन्टेरियर डिजाइन, हाइ ग्रेड मटेरियल, डिजिटल डिस्प्ले र इन्टेलिजेन्ट कम्फर्ट प्रणालीले एसयूभीको परिभाषा नै बदलेको कम्पनीको दाबी छ।
यसमा स्मार्ट सेफ्टी र प्रविधि फिचर छ। अड्यास जडित यो गाडीमा ३६० डिग्री क्यामेरा, इन्टेलिजेन्ट ड्राइभ असिस्टेन्स पनि दिइएको छ। यसबाहेक गाडीको डिजाइन समेत आकर्षक छ।
नेपालमा द ट्यांक ३०० र ट्यांक ५०० दुई लिटर टर्बो पेट्रोल एचईभी र पीएचईभी भेरियन्टमा आएको छ। जसमा ९ स्पिड अटोमेटिक ट्रान्समिसन रहेको छ। ३५१ पीएस पिक पावर र ६४८ एनएम टर्क क्षमतामा एचईभी र ४०८ पीएस पिक पावर र ७५० एनएम टर्क क्षमतामा पीएचईभी आएको छ। यसले गर्दा पहाडी, ठूला राजमार्गमा यात्रा गर्न सहज हुने कम्पनीले उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया