कारोबार


युरो–६ कार्यान्वयनअघि सरकारले दिएको सुविधा प्रयोग गर्न नाडाको आग्रह

युरो–६ कार्यान्वयनअघि सरकारले दिएको सुविधा प्रयोग गर्न नाडाको आग्रह

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १८:०, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले अटो व्यवसायीहरुलाई यही मंसिर १५ सम्म युरो ६ मापदण्ड कार्यान्वयनमा सरकारले दिएको सुविधा प्रयोग गर्न आग्रह गरेको छ।

सरकारले नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो ६) लागू गरिसकेको छ। तर व्यवसायीहरुलाई भने मंसिर १५ सम्म पूर्ववत् मापदण्डअनुसारका सवारीसाधन वा पार्टपुर्जा पैठारी गर्नसक्ने सुविधा दिएको छ। 

सोही कारण नाडाले उक्त सुविधा उपभोग गर्न व्यवसायीलाई आग्रह गरेको हो। 

वन तथा वातावरण मन्त्रालयले गत असार ९ को नेपाल राजपत्रमार्फत नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो ६) लागू गरेको थियो। अर्थ मन्त्रालयले गत असोज १० गतेको नेपाल राजपत्रमार्फत नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ लागु हुनुभन्दा पहिले प्रोफर्मा इन्भ्वाइस जारी भइसकेका सवारी साधन तथा नेपालमा एसेम्बल वा उत्पादन हुने सवारी साधन तथा त्यस्ता सवारी साधन उत्पादन गर्न आवश्यक पार्टपूर्जा प्रयोगगरी एसेम्बल वा उत्पादन गरिएका सवारी साधनको हकमा यही मंसिर १५ गतेसम्मका लागि पूर्ववत् मापदण्डअनुसारका सवारी साधन वा पार्टपूर्जा पैठारी गर्न दिने निर्णय गरेको थियो।

‘सोही प्रावधानअनुसार सो तोकिएको समयावधिभित्र आफ्ना वाँकी रहेका सवारीसाधनहरुको पनि भन्सार जाँचपास गर्नुहुन समेत अनुरोध गर्दछौँ’, नाडाले भनेको छ, ‘उक्त व्यवस्थाको लागि नाडाले वन तथा वातावरण मन्त्रालय तथा अर्थ मन्त्रालयमा पत्राचार गरी आवश्यक पहल समेत गरेको पनि जानकारी गराउन चाहन्छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad