बागमती


बागमतीमा २ लाख बढीे नयाँ मतदाता थपिए

बागमतीमा २ लाख बढीे नयाँ मतदाता थपिए

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १८:१४, हेटौँडा

बागमती प्रदेशमा २ लाख भन्दा बढी नयाँ मतदाता थपिएका छन्। बागमती प्रदेशको १३ जिल्लामा कुल २ लाख ४ हजार ९७५ जना नयाँ मतदाता थपिएका हुन्।

बागमती प्रदेश निर्वाचन कार्यालय, हेटौंडाका अनुसार प्रदेशभर बायोमेट्रिक तर्फबाट ९९ हजार ३ सय जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् भने राष्ट्रिय परिचय पत्र र बायोमेट्रिक दुवैतर्फबाट कुल २ लाख ४ हजार ९७५ जनाले नाम दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी ताराप्रसाद आचार्यले जानकारी दिए। 

यो सँगै अब बागमती प्रदेशमा कुल मतदाताको संख्या ३६ लाख ७६ हजार ६ सय ९७ पुगेको छ। यसअघि बागमती प्रदेशमा कुल मतदाताको संख्या ३४ लाख ७१ हजार ७ सय ९२ थियो। 

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी आचार्यका अनुसार मतदाता नामावलीमा नाम दर्ता यहाँका निर्वाचन कार्यालयहरुबाट गराए पनि देशैभरबाट मत जाहेर गर्ने मतदाता रहेका छन्। अन्य जिल्लाहरुबाट मत जाहेर गर्ने मतदाताहरुले समेत बागमती प्रदेशमा रहेका निर्वाचन कार्यालयहरुमा पुगेर नाम दर्ता गराएका हुन् 

उनका अनुसार बागमती प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या धेरै रहेको छ। यस अवधिमा काठमाडौँमा मात्रै ६२ हजार ४ सय १ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन्। यता, भक्तपुरमा २० हजार १ सय ७७ जनाले नाम दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयको तथ्यांक छ। जसमा महिलाको संख्या ६ हजार १ सय ५७ र पुरुषको संख्या ८ हजार ६४ रहेको छ। 

यही अवधिमा लतिलपुरमा २६ हजार ८११ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको कार्यालयको तथ्यांक छ। जसमा महिलाको संख्या ७ हजार ९ सय ८० र पुरुषको संख्या ९ हजार ६ सय ६८ जनाले नाम दर्ता गराएका छन्। निर्वाचन कार्यालयमै उपस्थित भएर बायोमेट्रिक गर्नेको संख्या १७ हजार ६ सय २८ रहेको तथ्यांक छ। यो बाहेक बाँकी राष्ट्रिय परिचय पत्र मार्फत नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ। 

यता, मकवानपुरमा १४ हजार ६ सय ३ जना नयाँ मतदाता थपिएका छन्। मकवानपुरमा बायोमेट्रिक विधिबाट ६ हजार ९ सय ७० र राष्ट्रिय परिचयपत्रका आधारमा ७ हजार ६ सय ३३ गरी १४ हजार ६ सय ३ जना नयाँ मतदाता थपिएका कार्यालयका सूचना अधिकारी आचार्यले जानकारी दिए। उनका अनुसार मकवानपुरमा महिला २ हजार ९ सय ५३ र पुरुष ४ हजार १७ जना थपिएका हुन्। 

दोलखामा ६ हजार ६ सय ८७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। जसमा बायोमेट्रिक प्रक्रियाबाट १ हजार ४ सय १ र राष्ट्रिय परिचयपत्र समेतबाट नाम दर्ता गराउनेको संख्या कुला ६ हजार नाघेको हो। यसमध्ये महिलाको संख्या ५ सय ५० छ भने पुरुषको संख्या ८ सय ५१ रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी आचार्यले जानकारी दिए। 

यता, रामेछापमा बायोमेट्रिक प्रक्रियाबाट १ हजार २ सय ३५ मतदाता थपिएका छन् भने दुवैतर्फबाट कुल ६ हजार १ सय २ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। जसमा महिलाको संख्या ४ सय ८५ छ भने पुरुषको संख्या ७ सय ५० रहेको छ।

सिन्धुलीमा कुल ७ हजार ३९ नयाँ मतदाता थपिएकोमा बायोमेट्रिक प्रक्रियाबाट २ हजार १६ जनाले नाम दर्ता गराएका छन् भने राष्ट्रिय परिचय पत्र मार्फत समेत गरी ७ हजार भन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराएको कार्यालयको तथ्यांक छ। सो तथ्यांक अनुसार सिन्धुलीमा महिला १ हजार ४८ र पुरुषको संख्या ९ सय ६८ रहेको जनाइएको छ। 

काभ्रेमा कुल १४ हजार ३ सय २९ नयाँ मतदाता थपिदाँ महिला २ हजार ३ सय २० र पुरुष  ३ हजार ३ सय ७९ जनाले नाम दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयको तथ्यांक छ। सिन्धुपाल्चोकमा कुल ६ हजार ९ सय ७९ नयाँ मतदाता थपिएको कार्यालयको तथ्यांक छ। जसमा महिला ९ सय २८ र पुरुषको संख्या १ हजार ४ सय ५२ छ। 

यता, रसुवामा ९ सय ३४ नयाँ मतदाता थपिएका छन्। जसमा महिलाको संख्या १ सय ४१ छ भने पुरुषको संख्या २ सय २६ रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी आचार्यका अनुसार रसुवामा बायोमेट्रिक प्रक्रियाबाट नाम दर्ता गराउने संख्या ३ सय ६७ रहेको छ। बाँकी राष्ट्रिय परिचय पत्र मार्फत नाम दर्ता गराएको कार्यालयले जनाएको छ। 

नुवाकोट कुल ८ हजार १ सय ८९ नयाँ मतदाता थपिएकोमा बायोमेट्रिक प्रक्रियाबाट २ हजार ३ सय ८९ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी आचार्यले जानकारी दिए। उनका अनुसार चितवनमा २२ हजार २ सय ६३ नयाँ मतदाता थपिएका छन्। जसमा बायोमेट्रिक प्रक्रियाबाट नाम दर्ता गराउनेको संख्या ११ हजार २० रहेको छ। 

त्यसोत, धादिङमा ८ हजार ४ सय ३१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। जसमा बायोमेट्रिक प्रक्रियाबाट नाम दर्ता गराउनेको संख्या १ हजार ९ सय ५९ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad