कारोबार


रोयल इन्फिल्डको स्ट्रिट रोड्स्टर हन्टर ३५० पोखरामा पनि सार्वजनिक

रोयल इन्फिल्डको स्ट्रिट रोड्स्टर हन्टर ३५० पोखरामा पनि सार्वजनिक

नेपालखबर
माघ २२, २०८२ बिहिबार १३:३७, काठमाडौँ

रोयल इन्फिल्डको स्ट्रिट रोड्स्टर हन्टर ३५० पोखरामा पनि सार्वजनिक भएको छ। 

योसँगै लोकप्रिय बाइक गण्डकी प्रदेशका ग्राहकका लागि आधिकारिक रूपमा उपलब्ध भएको कम्पनीले जनाएको छ। 

यसअघि काठमाडौंमा सफल लन्च भइसकेको छ। कम्पनीले पोखरास्थित शोरुममार्फत टेस्ट–राइड र बुकिङ कार्यक्रम सुरु गरेको हो। विश्वका सहरी जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइनसहितको बीएस भीआई हन्टर ३५० २०२५ संस्करण पोखराका सहरी तथा पहाडी सडक दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।

मोटरसाइकलमा स्लिप असिस्ट क्लच, १६० एमएम ग्राउण्ड क्लियरेन्स, डुअल च्यानल एबीएस, एलईडी हेडल्याम्प, सुधारिएको सिट र ट्रिप नेभिगेटर जस्ता सुविधा समावेश छन्। यसमा प्रयोग गरिएको ३४९ सीसी जे सिरिज इन्जिनले दैनिक सवारीमा चुस्ती र आरामदायी अनुभव दिने बताइएको छ। सन् २०२२ देखि हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडरले यो मोडेल रोजिसकेका छन्।

रोयल इन्फिल्डका निर्देशक मेघराज पौडेल पोखराजस्तो पर्यटन र एड्भेन्चरले भरिएको सहरका लागि यो अत्यन्त उपयुक्त मोडेल भएको बताउँछन्। यहाँको सहरी जीवनशैली र पहाडी सडक दुवैमा सहज र रमाइलो राइडिङ अनुभव दिने विश्वास लिएको उनको भनाइ छ। 

हन्टर ३५० को मूल्य डुअल टोनको ४ लाख ९९ हजार ९ सय र सिंगल टोन ४ लाख ९४ हजार ९ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad