राजनीति


झापाका कार्यकर्तासँग ओलीले भने- सम्भवतः फागुन २१ मै पनि चुनाव हुनसक्छ

झापाका कार्यकर्तासँग ओलीले भने- सम्भवतः फागुन २१ मै पनि चुनाव हुनसक्छ

नेपालखबर
माघ २२, २०८२ बिहिबार १३:४४, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ मै प्रतिनिधि सभाको चुनाव हुन सक्ने बताएका छन्। 

झापाका एमालेका कार्यकर्तासँगको बुधबार अबेर साँझ भएको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चुनाव हुन सक्ने बताएका हुन्। ‘चुनाव आउँदै छ। सम्भवतः चुनाव हुन्छ। सम्भवतः फागुन २१ मै पनि चुनाव हुनसक्छ। यो सम्भवतः नै हो,’ ओलीले थपे, ‘यदी फागुन २१ मा भयो भने वा अलि पछि भयो भने वा जहिले हुन्छ। चुनावमा जित्नुपर्नै पार्टी नेकपा एमाले हो।’

निर्वाचन हुने वातावरण बन्न नसकेको धारणा राख्दै आएका ओलीले झापाका एमाले कार्यकर्तासँग भने चुनाव हुनसक्ने बताएका हुन्। यो चुनावमा एमालेले जित्नै पर्ने उनको भनाइ थियो। 

‘एमाले नै जित्नुपर्ने पार्टी हो। देशभक्तिको प्रतिनिधित्व गर्ने, देशभक्तिपूर्ण राष्ट्रवादी, देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने अगुवा पार्टी नेकपा एमाले हो,’ ओलीले भने। 

वैचारिक, व्यवहारिक, संघर्ष, अडान, दृष्टिकोणका हिसाबले एमाले नै राष्ट्रिय हितको रक्षा र सम्बर्द्धनको नेतृत्व गर्ने पार्टी भएको बताए।

‘वैचारिक, व्यवहारिक, संघर्ष, अडान, दृष्टिकोणका हिसावले कुन हिसाबले भन्नुहुन्छ, राष्ट्रको जायज राष्ट्रिय हितहरुको रक्षा र सम्बर्द्धननको नेतृत्व गर्ने पार्टी नेकपा (एमाले) हो। यसकारण यस पार्टीले नै जित्नुपर्छ।’

अध्यक्ष ओलीले एमाले सरकारमा गएका वेला देशमा विकासका कामले गति लिएको दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad