नाडा प्रेजेन्ट्स वाडा अटो शोको स्टल बुकिङ खुलेको छ।
चैत ११ देखि १५ गतेसम्म पोखरा लेकसाइडस्थित तालवाराहीचोकमा रहेको खेल मैदानमा अटो शो आयोजना हुँदै छ।
आयोजक पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसनका अनुसार यही १९ गतेसम्म बुकिङ खुलेको हो।
अटो शोमा सम्पूर्ण साना, मझौला तथा ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आह्वान गरिएको छ।
स्टल बुकिङ्गका लागि इच्छिुक कम्पनी/संस्थाहरूले [email protected] वा 9801541538 मा सम्पर्क गरी जानकारी लिन सक्ने आयोजकले जनाएको छ।
51
Shares

प्रतिक्रिया