कारोबार


एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ 'नामी' ईभीका लागि एक्स्टेन्डेड वारेन्टी घोषणा

ब्याट्री र मोटरमा ११ वर्ष वा २,५०,००० किमीको  एक्टेन्डेड वारेन्टी; नामी बक्स र नामी भिगोमा लागू हुने
एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ 'नामी' ईभीका लागि एक्स्टेन्डेड वारेन्टी घोषणा

नेपालखबर
फागुन २०, २०८२ बुधबार १८:१७, काठमाडौँ

नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक एमएडब्लु वृद्धि मोटर्स प्रा. लि.ले नामी बक्स र नामी भिगोका लागि 'एमएडब्लु वृद्धि एक्टेन्डेड वारेन्टी कार्यक्रम' सार्वजनिक गरेको छ।

डोङफेङका इभी सवारी साधनहरूमा ब्याट्री र मोटरमा ८ वर्ष वा २,००,००० किलोमिटर (जुन पहिले आउँछ) को स्ट्यान्डर्ड उत्पादक वारेन्टी उपलब्ध छ। अब एमएडब्लु वृद्धिको एक्टेन्डेड वारेन्टी कार्यक्रम मार्फत ग्राहकहरूले ब्याट्री र मोटरमा कुल ११ वर्ष वा २,५०,००० किलोमिटर (जुन पहिले आउँछ) सम्मको वारेन्टी कभरेज प्राप्त गर्नेछन्। यसले ईभी स्वामित्वलाई अझ बढी ढुक्क र चिन्तामुक्त बनाउनेछ।

यो एक्टेन्डेड वारेन्टीले नेपालमा भरपर्दो र ग्राहक-केन्द्रित ईभी इकोसिस्टम निर्माण गर्ने एमएडब्लु वृद्धिको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

‘हाम्रो हरेक कार्यको केन्द्रमा ग्राहकहरू हुनुहुन्छ’, एमएडब्लु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘यो एक्टेन्डेड वारेन्टी नामीका ग्राहकहरूका लागि थप मानसिक शान्ति, स्वामित्वको आत्मविश्वास र सुरक्षित ईभी अनुभव सुनिश्चित गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम हो।’

डोङफेङ मोटर कर्पोरेशन चीनको प्रतिष्ठित "बिग फोर" सरकारी स्वामित्वका अटोमोबाइल निर्माताहरूमध्ये एक हो।

सन् १९६९ मा स्थापना भएको यस कम्पनीसँग पाँच दशकभन्दा बढीको उद्योग अनुभव छ।

गुणस्तर, बौद्धिकता र सद्भाव'को मुख्य मूल्यहरूद्वारा निर्देशित डोङफेङले विश्वका १०० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ। डोङफेङ फर्च्युन ग्लोबल ५०० कम्पनीको रूपमा समेत चिनिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad