कारोबार


नेपालमा व्यवसाय विस्तार गर्दै राल्सन टायर, प्रमुख सहरहरूमा डिलरशिप खुला

नेपालमा व्यवसाय विस्तार गर्दै राल्सन टायर, प्रमुख सहरहरूमा डिलरशिप खुला

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १३:५७, काठमाडौँ

भारतमा उत्पादित प्रख्यात टायर ब्रान्ड राल्सन टायरले नेपालका विभिन्न सहरहरूमा आफ्नो व्यवसाय विस्तार गर्न डिलरशिप आह्वान गरेको छ।

५० वर्षदेखि विश्वासिलो सेवा प्रदान गर्दै आएको यस ब्रान्डले नेपालभर आफ्नो व्यापारिक सञ्जाल बढाउने उद्देश्यका साथ नयाँ डिलरहरूको माग गरेको हो।

राल्सन टायर विशेषगरी यसको मजबुत निर्माण र उच्च टिकाउपनका लागि विश्वभर परिचित छ जसले गर्दा यो नेपालको जस्तो चुनौतीपूर्ण भौगोलिक अवस्था र कच्ची तथा पक्की दुवै सडकका लागि अत्यन्तै उपयुक्त मानिन्छ।

यस टायरमा भारी तौल बहन गर्ने उच्च क्षमता हुनुका साथै लामो माइलेज दिने विशेषता रहेको छ जसले गर्दा व्यावसायिक सवारी साधन धनीहरूलाई यो अत्यन्तै किफायती सावित हुन्छ। यसको बलियो ग्रिप, मजबुत ट्रिड डिजाइन र पन्चर प्रतिरोधात्मक क्षमताले यात्रालाई सुरक्षित र भरपर्दो बनाउन मद्दत गर्दछ।

कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार धनगढी, नेपालगन्ज, सुर्खेत, दाङ, बुटवल, पोखरा, नारायणघाट, वीरगन्ज, काठमाडौं, जनकपुर, लहान, विराटनगर, धरान, इटहरी, दमक र बिर्तामोड लगायतका प्रमुख सहर तथा क्षेत्रहरूमा डिलरशिपका लागि आवेदन खुला गरिएको छ। इच्छुक स्थानीय व्यवसायीहरूले यी तोकिएका स्थानहरूबाट आधिकारिक डिलर भई काम गर्न सक्नेछन्।

यस प्रतिष्ठित ब्रान्डसँग जोडिएर आफ्नो व्यवसाय अगाडि बढाउन इच्छुक व्यक्ति तथा संस्थाहरूले कम्पनीको मोबाइल नम्बर ९८०३९३१२१८ मा सिधा सम्पर्क गरी आवेदन प्रक्रियाबारे बुझ्न सक्नेछन्। यसका साथै थप जानकारी तथा सोधपुछका लागि कम्पनीले नेपाल टेलिकमको टोल-फ्री नम्बर १६६००१५५७७७ र एनसेलको हटलाइन नम्बर ९७०७०५३४४२ पनि उपलब्ध गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad