कारोबार


नाडाले विभागलाई भन्यो– भन्सार यार्डमै एमआरपी स्टिकरको व्यवस्था व्यावहारिक छैन

नाडाले विभागलाई भन्यो– भन्सार यार्डमै एमआरपी स्टिकरको व्यवस्था व्यावहारिक छैन

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १७:५५, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसंग अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्यसूची (एमआरपी)सहितको स्टिकर टाँस्ने सम्बन्धमा विस्तृत छलफल गरेको छ।

सो छलफलको क्रममा नाडा प्रतिनिधिहरुले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ल्याएको सो व्यवस्था कार्यान्वयनमा ल्याउन विगतको समय देखि नाडाले विभागलाई अनुरोध गर्दै आएको सन्दर्भमा चारपांग्रे तथा दुईपांग्रे सवारी साधनहरुको लागि कुनै समस्या नभए पनि एउटै बक्सभित्र सयौँको संख्यामा आउने अटोमोबाइल स्पेयर पार्टसहरुको हकमा भने समस्या रहेको बताएका थिए। 

त्यसैगरी भन्सारमा बन्डेड वेयरहाउस समेतको व्यवस्था नभएको अवस्थामा भन्सार यार्डभित्रै अधिकतम मूल्यसूचीसहितको स्टिकर टाँस्नुपर्ने व्यवस्था व्यावहारिक नभएको बताए। नाडा प्रतिनिधि मण्डलसंगको उक्त छलफलमा महानिर्देशक भण्डारीले सवै किसिमका अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने व्यवस्थालाई व्यावहारिक रुपमा कार्यान्वयनमा ल्याउन चुनौती रहेको बताउनु हुदै विभागले व्यापारमा सहजीकरण र राजस्व वृद्धिमा ध्यान दिँदै आएको बताए। 

सोही छलफलको क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले हालै वीरगञ्ज भन्सार कार्यालयले भन्सार यार्डमा रहि रहेका सवारी साधनहरु तोकिएको समयसीमा भित्र जाँचपासगरी लैजान सूचना जारी गरेको सम्बन्धमा जिज्ञासा राखेकामा महानिर्देशक भण्डारीले सो सूचना कानुनमा भएको व्यवस्था अनुसार जारी गरिएको हुनाले नाडाका सम्बन्धित सवारी साधन पैठारीकर्ताहरुलाई तोकिएकै समयमा ती सवारी साधनहरुको भन्सार जाँचपासगरी सहजीकण गरी दिन आग्रह समेत गरे। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०८२ चैत ३० गते जारी गरेको प्रेश विज्ञप्ति मार्फत विदेशबाट पैठारी गरी नेपालमा बिक्री वितरण गरिने सम्पूर्ण वस्तुहरुको अनिवार्य रुपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नु पर्ने साथै वस्तु विक्री गर्दा अनिवार्य रुपमा विल विजक जारी गर्नु पर्ने व्यवस्थाका सम्बन्धमा उक्त छलफल केन्द्रित रहेको थियो। 

सो छलफल तथा भेटघाटमा नाडाका संस्थागत उपाध्यक्ष भद्र भण्डारी, उपाध्यक्ष अभिक ज्योति, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक समेतको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad