सीजी मोटोकर्पले नेपालभर नयाँ सुजुकी ईभिटाराको डेलिभरी औपचारिक रूपमा सुरू गरेको छ।
नेपाली बजारमा कम्पनीको पहिलो पूर्ण रूपमा निर्मित ९सीबीयू० ब्याट्री सञ्चालित विद्युतीय सवारी ९बीईभी०का रूपमा यो एक महत्त्वपूर्ण कोसेढुङ्गा भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार जापानी इन्जिनियरिङ, उन्नत विद्युतीय सवारी प्रविधि, उत्कृष्ट सुरक्षा सुविधा र दैनिक प्रयोगका लागि व्यावहारिकता समेटिएको सुजुकी ई भिटाराले देशभर ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाइसकेको छ। बुकिङ भएका युनिटहरूको डेलिभरी सुजुकीको आधिकारिक डिलर सञ्जालमार्फत भइरहेको छ।
लन्चको उपलक्ष्यमा सीजी मोटोकर्पले विशेष ९सुरु मूल्य० ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
कम्पनीका अनुसार ४४० किमि रेन्ज दिने इभिटारा ४८।८ किलोवाट आवरको मूल्य ५२ लाख ९९ हजार भए पनि पहिलो १०० बुकिङमा ४९ लाख ९९ हजार तिरेर ३ लाख बचाउन सकिनेछ। त्यसैगरी ५४३ किमि रेन्जको ६१।१ किवा ब्याट्री क्षमताको ५७ लाख ९९ हजारको साटो ५३ लाख ९९ हजार रुपैयाँमा ४ लाख बचत, सोही रेन्जका थप दुईवटामा क्रमश: ६३ लाख ९९ हजारबाट ५९ लाख ९९ हजार र ६४ लाख ४९ हजारबाट ६० लाख ४९ हजार गरी दुवैमा ४ लाख बचत गर्न सकिनेछ।
यो सीमित अवधिका लागि भएको कम्पनीले उल्लेख गरेको छ।
नेपालभर अवस्थित २५ आधिकारिक सुजुकी बिक्री केन्द्र र ४० सुजुकी सर्भिस सेन्टरद्वारा प्रदान गरिने अत्याधुनिक सेवा सुविधा , सुनिश्चित स्पेयर पार्ट्सको उपलब्धता, प्रशिक्षित प्राविधिक दक्ष जनशक्ति, र सुधारिएको विद्युतीय सवारी सेवा सक्षमताका कारण सुजुकी ई भिटाराले ग्राहकलाई सहज र विश्वसनीय स्वामित्व अनुभव तथा दीर्घकालीन रूपमा कम लागत प्रदान गर्दछ।
हाल धेरै नयाँ विद्युतीय गाडीहरु बजारमा प्रवेश गरिरहेको समयमा, सुजुकीको दशकौंको विश्वास, राष्ट्रिय स्तरको सेवा पहुँच, र प्रमाणित बिक्रीपश्चात् क्षमताले नेपालभरका ग्राहकका लागि विश्वसनीयता, पार्ट्स सहायता तथा स्वामित्वको विश्वासलाई सुनिश्चित गर्न बलियो फाइदा दिएको छ।
सुजुकी ई–भिटाराका मुख्य विशेषताहरूमा उत्कृष्ट पर्फर्मेन्स, क्लास–लिडिङ आउटपुट र विश्वसनीय लिगेसी रहेका छन्। जसमा उत्कृष्ट पर्फर्मेन्सतर्फ यो गाडी दुई उच्च–क्षमताका ब्याट्री विकल्पहरू ४९ केडब्लुएच र ६१ केडब्लुएचमा उपलब्ध छ, जसले क्रमशः १०८ किलोवाट र १२८ किलोवाटको दमदार पावर आउटपुट दिन्छ।
त्यसैगरी क्लास–लिडिङ आउटपुटतर्फ यी उत्कृष्ट विशेषताहरूले ई–भिटारालाई यसको मूल्य वर्गमा उपलब्ध सबैभन्दा शक्तिशाली विद्युतीय गाडीको रूपमा स्थापित गर्ने कम्पनीको दाबी छ। यसबाहेक अर्को विशेषता विश्वसनीय लिगेसी पनि हो। यसले अत्याधुनिक ईभी प्रविधिलाई सुजुकी ब्रान्डको प्रमाणित विश्वास, टिकाउपन र विश्वसनीयतासँग सहज रूपमा जोडेको छ।
सुजुकीले सन् २०३० सम्म थप ६ नयाँ ईभी लन्च गर्ने जानकारी पनि कम्पनीले दिएको छ।
Shares

प्रतिक्रिया