ओमोडा ई५ को सफलता र १५ सय बढी गाडीहरू नेपाली सडकमा गुडिरहेको अवस्थामा थप परिष्कृत प्रविधि र डिजाइनका साथ नयाँ ई५ प्रो पनि नेपाल भित्रिने भएको छ।
ओमोडाको इलेक्ट्रिक लाइनअपको अर्को पुस्ताको रूपमा प्रस्तुत गरिएको नयाँ ई५ प्रोले स्मार्ट, कनेक्टेड र भावनात्मक मोबिलिटीको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। आकर्षक तथा भविष्यवादी डिजाइन, थप आरामदायी इन्टेरियर, अत्याधुनिक सुरक्षा प्रविधि तथा प्रिमियम फिचरहरूसहित यो गाडी आधुनिक नेपाली उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको छ।
हाल उपलब्ध भएको ओमोडा ई५मा ५४०-डिग्री प्यानोरामिक क्यामेरा, १८-इन्च अलोय ह्विल, १९ भन्दा बढी एड्यास सुरक्षा फिचरहरू, ८-स्पिकर प्रिमियम साउन्ड सिस्टम, ५०डब्लु वायरलेस चार्जर लगायत स्मार्ट ड्राइभिङ अनुभवका लागि डिजाइन गरिएका धेरै प्रिमियम तथा अत्याधुनिक प्रविधिहरू समावेश छन्। नेपालमा सबैभन्दा तीव्र रूपमा वृद्धि भइरहेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा ओमोडा ई५ आफ्नो डिजाइन, प्रविधि र प्रदर्शनका कारण ईभी ग्राहकहरूबीच निकै लोकप्रिय बन्न सफल भएको छ।
अब छिट्टै नेपालमा सार्वजनिक हुन लागेको नयाँ ई५ प्रोमार्फत, ब्रान्डले अझ उन्नत प्रविधि, परिष्कृत डिजाइन तथा थप स्मार्ट र कनेक्टेड मोबिलिटी अनुभव प्रदान गर्दै ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने लक्ष्य राखेको छ।
नेपालमा ईभी पूर्वाधार विस्तार हुँदै जानु, ग्राहकको विश्वास बढ्दै जानु तथा प्रिमियम इलेक्ट्रिक एसयूभीप्रति आकर्षण वृद्धि भइरहेका बेला नयाँ ई५ प्रो को आगमनले नेपाली अटोमोबाइल बजारलाई अझ आधुनिक इलेक्ट्रिक मोबिलिटीको दिशामा अघि बढाउने विश्वास गरिएको छ।
Shares

प्रतिक्रिया