कारोबार


भृकुटीमण्डपमा ६ गतेदेखि हिरो अपग्रेड जात्रा

भृकुटीमण्डपमा ६ गतेदेखि हिरो अपग्रेड जात्रा

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १४:३८, काठमाडौँ

नेपालमा हिरोको आधिकारिक वितरक सीजी मोटर्सले यही जेठ ६ देखि ११ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हिरो अपग्रेड जात्रा आयोजना गर्ने भएको छ। 

यस अभियानमार्फत ग्राहकहरूले आकर्षक एक्सचेन्ज योजनासहित अत्याधुनिक हिरो मोटरसाइकल तथा स्कुटरमा अपग्रेड गर्ने विशेष अवसर प्राप्त गर्नेछन्।

जात्राअन्तर्गत ग्राहकहरूले अधिकतम १ लाखसम्मको नगद लाभ, उच्च मूल्यांकन (२५ भन्दा बढी मूल्याङ्कनकर्तामार्फत सवारी मूल्याङ्कन सुविधा, एक्सचेन्ज सेवा, सहज फाइनान्स सुविधा) नागरिकताको भरमा तथा निःशुल्क एक्सेसरिज प्राप्त गर्न सक्नेछन्।

साथै, ग्राहकहरूले हिरोका आधुनिक ओबीडी २, बीएस ६ तथा एफआई प्रविधियुक्त सवारीहरूको अनुभव लिन पनि पाउनेछन्।

कार्यक्रममा स्मार्ट तथा सुविधायुक्त मोबिलिटी समाधान खोजिरहेका राइडर तथा दैनिक यात्रुहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा विशेष एक्सचेन्ज अफर तथा अपग्रेड लाभहरू पनि उपलब्ध गराइनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad