नेपालमा ओमोडा र जेकु गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा बहुप्रतीक्षित नयाँ ओमोडा ई५ प्रो आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
नेपालमा पहिले नै १ हजार ५ सयभन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई५ को उत्कृष्ट सफलतालाई निरन्तरता दिँदै नयाँ ई५ प्रो अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको कम्पनीले जनाएको छ।
नेपालमा लन्च भएदेखि नै ओमोडा ई५ आफ्नो फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण देशकै सबैभन्दा लोकप्रिय इलेक्ट्रिक एसयूभीमध्ये एक बन्न सफल भएको कम्पनीको दाबी छ। नयाँ ओमोडा ई५ प्रोले यसै विरासतलाई अझ सुदृढ बनाउँदै नयाँ डिजाइन, स्मार्ट फिचर र आधुनिक नेपाली ग्राहकलाई लक्षित प्रिमियम अनुभव प्रदान गर्ने बताइएको छ।
नयाँ गाडीमा ५०.७ किलोवाट आवर ब्याट्री प्याक, ९९ केडब्लु इलेक्ट्रिक मोटर र २८८ एनएम टर्क रहेको छ, जसले ३५० किमि डब्लुएलटीपी रेन्ज प्रदान गर्दछ। साथै, १९१ एमएम ग्राउन्ड क्लियरेन्सका कारण यो नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त छ। यसमा १८-इन्च अलोय ह्वीलहरू पनि समावेश छन्, जसले यसको स्पोर्टी र प्रिमियम उपस्थिति अझ आकर्षक बनाउँछ।
बाहिरी डिजाइन ओमोडाको फ्युचरिस्टिक डिजाइन फिलोसफीमा आधारित छ, जसमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल र विशेष फान्टुम विङ टेललाइटहरू समावेश छन्, जसले सडकमा शक्तिशाली उपस्थिति सिर्जना गर्दछ। भित्री भागमा प्रिमियम केबिन अनुभव, इलेक्ट्रिक सनरुफ, उच्च गुणस्तरका इन्टेरियर मटेरियल र आधुनिक प्रविधिको संयोजन रहेको छ।
यसमा ड्राइभर मसाज सिट, ८ सोनी स्पिकरहरूको इमर्सिभ अडियो सिस्टम र ठूलो १५.६-इन्च वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले समावेश छ, जसले ड्राइभिङ अनुभवलाई अझ प्रिमियम बनाउँछ।
सुरक्षाका दृष्टिले, यसमा १९ बढी एड्यास फिचरहरू र ५४०-डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणाली रहेको छ, जसले चालकलाई उच्च सुरक्षा र आत्मविश्वास प्रदान गर्दछ।
नयाँ ओमोडा ई५ प्रोको आधिकारिक मूल्य सिंगल टोन भेरियन्टका लागि ५१.५९ लाख तथा डुअल टोन भेरियन्टका लागि ५१.९९ लाख रुपैयाँ निर्धारण गरिएको छ। सार्वजनिक भएको अवसरमा एसपीजी अटोमोबाइल्सले पहिलो ५० ग्राहकहरूका लागि ४९.९९ लाख रुपैयाँको विशेष मूल्य र एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स उपलब्ध गराउने घोषणा गरेको छ, जसले प्रारम्भिक ग्राहकहरूका लागि थप आकर्षक प्रस्ताव प्रदान गर्दछ। नयाँ ओमोडा ई५ प्रो देशभरका आधिकारिक ओमोडा र जेकु शोरूमहरूमा बुकिङ तथा सोधपुछका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया