ad ad

कारोबार


झण्डै १ दर्जन बैंकलाई राष्ट्र बैंकको कारबाही, ४ वटालाई ५० लाख जरिवाना

झण्डै १ दर्जन बैंकलाई राष्ट्र बैंकको कारबाही, ४ वटालाई ५० लाख जरिवाना

नेपालखबर
माघ २५, २०७९ बुधबार १२:१५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले करिब एक दर्जन वाणिज्य बैंकलाई कारबाही गरेको छ। 

राष्ट्र बैंकले प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्सियल, माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिभिल बैंक, नबिल, नेपाल इन्भेष्टमेन्ट र बैंक अफ काठमाण्डूलाई कारबाही गरेको हो। 

राष्ट्र बैंकले प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बीओके (हाल ग्लोबल आईएमई बैंक) र प्राइम कमर्सियल बैंकलाई नगद जरिवाना गराएको छ।

राष्ट्र बैंकले चारवटै बैैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेकाले जरिवाना गरेको हो। 

राष्ट्र बैंकले प्रभु बैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेकाले ५० लाख जरिवाना गरेको छ। 

त्यसैगरी कुमारी बैंक, तत्कालीन बीओके (हाल ग्लोबल आईएमई बैंक) र प्राइम कमर्सियल बैंकलाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेकाले ५० लाखका दरले जरिवाना गरेको छ। 

राष्ट्र बैंकले माछापुच्छ्रे बैंकलाई पुँजी पर्याप्तता विवरण पेश नगरेकाले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ। 

सानिमा बैंकले प्रमुख कायृकारी अधिकृतलाई बैंक तथा वित्तीय संस्थाको ऐन उल्लंघन गरी सुविधा प्रदान गरेकाले बैंकलाई सचेत गराएको हो। 

सिभिल, माछापुच्छ्रे र तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकलाई सचेत गराएको छ। यी बैंकले एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपश्चात् प्रिमियम दर वृद्धि गरेकाले राष्ट्र बैंकले सचेत गरेको छ। 

नबिल बैंकलाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाको उपदफा २ मा रहेका ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नभएकाले बैंकलाई सचेत गराइएको छ। 

राष्ट्र बैंकले प्रभु बैंकलाई कर्जा सूचना कालोसूचीसम्बन्धी व्यवस्थाको बुँदा १९ उपदफा २ को (ङ) ५ को व्यवस्था पालना नगरेकाले सचेत गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .