ad ad

ग्लोबल


न्युजिल्यान्डका पाइलट इन्डोनेसियामा अपहृत, हत्या गर्ने पृथकतावादीको धम्की

न्युजिल्यान्डका पाइलट इन्डोनेसियामा अपहृत, हत्या गर्ने पृथकतावादीको धम्की

नेपालखबर
माघ २५, २०७९ बुधबार १२:१५, काठमाडौँ

न्युजिल्यान्डका एकजना पाइलट इन्डोनेसियाको पापुआ क्षेत्रमा पृथकतावादीको अपहरणमा परेका छन्। उनीहरुले पाइलटको हत्या गर्ने धम्कीसमेत दिएका छन्। 

पाइलट फिलिप मर्टेन्सलाई इन्डोनेसियाको पहाडी क्षेत्रस्थित नगुडामा जहाज अवतरण गराएपछि पृथकतावादीहरुले अपहरण गरेका हुन्। 

विमानमा पाँचजना यात्री सवार थिए। जसमा एक बच्चा पनि थिए। पृथकतावादीहरुले यात्रीलाई रिहा गरिदिएर पाइलटको अपहरण गरेका हु्न्।

पृथकतावादीहरुले पाइलटलाई अपहरण गरेपछि उनको रिहाइका लागि इन्डोनेसिया पश्चिमी पपुआ प्रान्तलाई स्वतन्त्र घोषित गर्नुपर्ने शर्त राखेका छन्। 

पुलिसका अनुसार यो मामिलामा अहिले जाँच भइरहेको छ। तर पाइलटलाई भेट्न पुलिसलाई मुस्किल भएको छ। पपुआ क्षेत्रमा जहाजबाट मात्रै जान सकिने भएकाले खोजबिनमा समस्या भएको हो।

पश्चिमी पापुआमा सक्रिय नेशनल लिबरेशन आर्मीले यस अपहरणको जिम्मेवारी लिइसकेको छ। इन्डोनेसियाको सरकार यसलाई आतंकवादी समूह भन्छ।

नेशनल लिबरेशन आर्मीका प्रवक्ता सेबी स्यामबमले यदि इन्डोनेसिया सरकारले 'जिद्धि प्रवृत्ति' कायमै राखिरहन्छ भने वार्ता सम्भव नहुने बताए। उनले पश्चिम पापुआको स्वतन्त्रताबारे वार्ता गर्न तयार नभए पाइलटको हत्या गरिदिने धम्की पनि दिएका छन्। 

उता न्युजिल्यान्ड सरकारले यस घटनाबारे जानकारी आएको जनाएको छ। इन्डोनेसियास्थित राजदूतावास कार्यालयले अहिले पाइलटको परिवारलाई सहयोग गरिरहेको जनाइएको छ।

समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार यो विमान सुसी एयरको थियो। जसले छिमेकी छिमेकी जिज्लामा खानी रहेको सहर टिमिकाबाट सामान आपूर्ति गरिरहेको थियो। 

पापुआ इलाका एक डच कोलोनीका रुपमा रहिसकेको छ। जुन पापुआ र पश्चिमी पापुआ दुई क्षेत्रमा विभाजित छ।

संयुक्त राष्ट्रसंघको पर्यवेक्षणमा गरिएको एक विवादित मतदानपछि यसलाई इन्डोनेसियामा गाभिएको थियो। त्यसपछि पृथकतावादीहरु इन्डोनेसियन सेनाबीच यहाँ लडाईँ जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .