कारोबार


विकास बैंकले कमाए १ अर्ब ६२ करोड नाफा, ४ वटा घाटामा

विकास बैंकले कमाए १ अर्ब ६२ करोड नाफा, ४ वटा घाटामा

नेपालखबर
पुस ३, २०८० मंगलबार १२:१९, काठमाडौँ

विकास बैंकहरुले १ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

चालू आर्थिक वर्षको ४ महिना अर्थात् कात्तिकसम्म आइपुग्दा विकास बैंकहरुले १ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो अवधिमा १३ वटा बैंकहरुले खुद नाफा आर्जन गरेका छन् भने ४ वटा विकास बैंकहरु घाटामा देखिएका छन्। सोही अवधिमा मुक्तिनाथ विकास बैंक सर्वाधिक ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

त्यसैगरी, महालक्ष्मी विकास बैंकले १७ करोड १ लाख, कर्णाली डेभलपमेन्ट बैंकले ४ करोड, सांग्रिला डेभलपमेन्ट बैंकले १० करोड २ लाख, मितेरी डेभलपमेन्ट बैंकले १ करोड ४ लाख, गरिमा विकास बैंकले २४ करोड, कामना सेवा १७ करोड १ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकले ७ लाख, ज्योति विकास बैंकले ११ करोड २ लाख, साईन रेसुङ्गा डेभलपमेन्ट बैंकले २५ करोड, गरिमा विकास बैंकले २४ करोड, लुम्बिनी डेभलपमेन्ट बैंकले १८ करोड १० लाख, लुम्बिनी विकास बैंकले १८ करोड १ लाख, सिन्धु विकास बैंकले ८ लाख, ग्रीन डेभलपमेन्ट बैंकले १ करोड २ लाख नाफा गरेको छ। 

४ विकास बैंक घाटामा
सोही अवधिमा ४ विकास बैंकहरु भने खुद घाटामा छन्। कात्तिकसम्म नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, सप्तकोशी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .