कारोबार


बैंकर पक्राउप्रति बैंकर्स संघमा छलफल, रिहा नगरे सबै बैंकरले पेन डाउन गर्ने

बैंकर पक्राउप्रति बैंकर्स संघमा छलफल, रिहा नगरे सबै बैंकरले पेन डाउन गर्ने

नेपालखबर
फागुन १६, २०८० बुधबार १२:४२, काठमाडौँ

तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको पूर्वसीईओ तुलसी गौतम, प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओसहित १० जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समातेको विषयमा नेपाल बैंकर संघले छलफल गरेको छ। 

पक्राउ परेका बैंकमा कर्मचारीलाई रिहा नगरे पेन डाउन गरिने छलफल भएको हो।  

आजको छलफलमा एक पटक कर्जाका प्रवाहको विषय प्रहरी प्रशासनलाई स्पष्ट पार्ने तर प्रहरीले रिहा नगरेको खण्डमा पेन डाउन गरेर विरोध गर्ने छलफल भएको हो।
 

नेपाल बैंकर्स संघले आकस्मिक बैंठकमा वाणिज्य बैंकका सीईओ सहभागी थिए। 
ओभर भ्यालुएसन (अधिक मूल्यांकन) गरेर ऋण दिएको भन्दै प्रहरीले बहालवाला र पूर्वबैंकर समातेपछि बसेको बैंकर्स संघको बैंठक बोलाएको थियो। 

मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित १० बैंकर समातेको थियो। धितोले धान्नेभन्दा धेरै कर्जा प्रवाह गरेको अनुसन्धानमा देखिएपछि मंगलबार तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुलसीराम गौतमसहित १० जना बैंकरलाई सीआईबीले पक्राउ थियो। 

उनीहरुलाई अनुसन्धान गर्न अदालतले एक हप्ताको समय दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .