कारोबार


दिक्तेल–गाईघाट जोड्ने फोक्सिङटारमा १२० मिटर लामो बेलिब्रिज बन्ने

हेटौंडा आइपुग्यो ३८ ट्रक सामग्री
दिक्तेल–गाईघाट जोड्ने फोक्सिङटारमा १२० मिटर लामो बेलिब्रिज बन्ने

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १७:१३, काठमाडौँ

सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकमा पर्ने फोक्सिङटारमा १२० मिटर लामो बेलिब्रिज निर्माण हुने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतसँग पुल मागेर बनाउने तयारी गरेको हो। 

भौतिक मन्त्रालयले ५० देखि १२० मिटरसम्मका २० वटा पुल सहयोग गर्न आग्रह गरेको थियो। जसमा ३८ ट्रक बेलिब्रिजका सामग्री मकवानपुरको हेटौंडामा आइपुगेका छन्। ती सामग्री हेटौंडास्थित सडक डिभिजन कार्यालयमा राखिएको मन्त्रालयले जनाएको छ।

भारतले उपलब्ध गराउने पुल हेटौंडाको कार्यालयमा राखिएको मन्त्रालयले जनाएको छ। तर कतिवटा पुलबराबरको सामग्री आए मन्त्रालयले स्पष्ट जानकारी छैन। 

‘फोक्सिङटारमा सबैभन्दा लामो बेलिब्रिज निर्माण गर्दै छौँ। १२० मिटर बनाउने अनुभव छैन’, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले भने, ‘भारतीय र नेपाली प्राविधिक मिलेर जडान गर्न सक्छौँ।’

खोटाङलाई तराईसँग जोड्ने प्रमुख फोक्सिङटार पुल १२ वर्ष लागेर निर्माण भएको थियो। सञ्चालनमा आएको २ वर्षमै सुनकोशीको बाढीले बगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad