कारोबार


बबरमहलमा खानेपानीको पाइप फुटाउने कम्पनीलाई ३० लाख जरिवाना तिराइने

बबरमहलमा खानेपानीको पाइप फुटाउने कम्पनीलाई ३० लाख जरिवाना तिराइने

नेपालखबर
फागुन १८, २०८१ आइतबार १७:३३, काठमाडौँ

बबरमहलमा खानेपानीको पाइप फुटाउने कम्पनीले जरिवाना तिर्ने भएको छ। 

विद्युतीय संरचना अन्डरग्राउन्ड गर्ने क्रममा मेसिनले पाइप फुटाएकै कम्पनीले जरिवाना तिर्ने भएको हो। 

माघ ३० गते विद्युत् तार अन्डरग्राउन्ड गर्ने ठेक्का पाएको कम्पनीले ड्रिलिङ गर्ने क्रममा मेसिनले मेलम्ची खानेपानी पाइप छेडिएको थियो। त्योसँगै बबरमहलका वन परिसरका कार्यालयदेखि स्थानीयका घरमा समेत पानी पसेको थियो। 

‘निर्माण कम्पनीसँग समझदारी भइसकेको छ। सडक हामीले नै बनाउँदै छौँ, खर्च निर्माण व्यवसायीले व्यहोर्छ’, सडक डिभिजन कार्यालय काठमाडौंका सूचना अधिकारी महानन्द जोशीले भने, ‘अहिले ३० लाख रुपैयाँ लाग्ने अनुमान छ।’

ठूलो पानी आउँदा पाइपसँगै सडक खोलेर बढी क्षति पुर्‍याएको थियो। सडक डिभिजन कार्यालय काठमाडौंले सडक पुरेर लेभल मिलाइसकेको छ। अब कालोपत्रे गर्न बाँकी छ। 

‘तत्काल कालोपत्रे गर्दा सडक भासिने सम्भावना भएकाले केही दिन गाडी कुदाएर मात्रै कालोपत्रे गर्ने कुरा भएको छ’, जोशीले भने। 
 
निर्माण कम्पनी केईआईले सडक डिभिजन कार्यालय काठमाडौंलाई रकम बुझाउने छ। 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक प्रकाशकुमार राईले मेलम्ची परियोजनामा इन्स्योरेन्स समेत गरेकाले मर्मतको खर्च कसरी उठाउने भन्ने विषयमा छलफलकै चरणमा रहेको जनाए।

‘फुटेको पाइप मर्मत भइरहेको छ। इन्स्योरेन्स दाबी गर्ने वा अन्डरग्राउन्ड गर्ने कम्पनीसँग खर्च दाबी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ’, राईले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad