कारोबार


असार पहिलो साता ‘हुवावे डिजिटल नेपाल कन्क्लेभ’ आयोजना हुँदै

असार पहिलो साता ‘हुवावे डिजिटल नेपाल कन्क्लेभ’ आयोजना हुँदै

नेपालखबर
जेठ २, २०७९ सोमबार १२:३१, काठमाडौँ

आईसीटी फाउन्डेसन नेपालको आयोजनामा असार पहिलो साता दुई दिने हुवावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन एसोसिएसन विथ इन्फोडेभलपर्स आयोजना हुने भएको छ। 

असार ४ र ५ गते द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा प्रसिद्ध अन्तर्राष्ट्रिय कम्पनी ‘हुवावे’ कार्यक्रमको शीर्ष प्रायोजक र नेपालको सफ्टवेयर क्षेत्रको अग्रणी कम्पनी ‘इन्फोडेभलपर्स’ इन एसोसिएसनको रुपमा रहेका छन्। 

कन्क्लेभमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट ६० बढी वक्ता र ७ सय बढी विशिष्ट व्यक्ति तथा विज्ञहरुको सहभागिता रहनेछ। 

डिजिटल रुपान्तरणको लागि डिजिटल नेपाल कन्क्लेभको नारासहित आयोजना हुने यस कार्यक्रममा विभिन्न १५ बढी महत्वपूर्ण सेसनहरु छन्। 

कार्यक्रममा डिजिटल नेपालको एजेण्डा र अवधारणाहरुमा बृहत् छलफल हुनेछ। नेपाल सरकारले रुपान्तरणकारी परियोजनाको रुपमा अघि बढाएको डिजिटल नेपाल फ्रेमवर्कलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयनमा लान सकिन्छ भन्ने सन्दर्भमा कन्क्लेभ केन्द्रित रहनेछ। 

यस कार्यक्रममा डिजिटल नेपालको अभियान, डिजिटल रुपान्तरणको प्रयास, नवीनतम प्रविधिहरु र यसका अभ्यासहरुसँग जोडेर सान्दर्भिक बहसहरु सञ्चालन गरिने आयोजक आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले बताए। 

कन्क्लेभमा युवाहरुको इन्नोभेटिभ आइडियाहरुलाई पनि स्थान दिइनेछ भने विद्यार्थीका डिजिटल नेपाल सम्बन्धी क्रिएसनलाई पनि प्रस्तुतिको लागि समय प्रदान गरिने आयोजकले जनाएको छ। 

विभिन्न देशमा रहेर प्रविधिको क्षेत्रमा काम र अनुसन्धान गरिरहेका नेपालीहरुलाई पनि कार्यक्रममा समावेश गरिनेछ। सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण डिजिटल नेपालको इस्कोसिस्टममा काम भइरहेका प्रोजेक्टहरुलाई पनि प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको छ ।

डिजिटल नेपाल कन्क्लेभको प्रिमियरको रुपमा आयोजकले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम समेत आयोजना गरिरहेको छ। कोभिड १९ को कारण भएको पहिलो लकडाउनदेखि सुरु भएको ‘डिजिटल संवाद’, यस वर्ष तेस्रो संस्करणको रुपमा सातै प्रदेशमा ‘डिजिटल प्रदेश कार्यक्रम’को रुपमा आयोजना भएको हो। 

गण्डकी, लुम्बिनी, मधेश र प्रदेश १ मा आयोजना भइसकेको यस कार्यक्रम जेठ पहिलो साता बाँकी ३ प्रदेशमा आयोजना हुनेछ। यस कार्यक्रमबाट पर्याप्त रिपोर्ट तथा प्रदेशको डिजिटल अवस्था र योजनाबारे पनि कन्क्लेभमा छलफल हुनेछ। 

यस कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समर्थन र नेपाल दूरसञ्चार प्राधिकरणलगायतका महत्वपूर्ण संस्थाहरुको सहयोग तथा सहकार्य रहेको छ। 

कार्यक्रमको शीर्ष प्रायोजक हुवावे विश्वका १७० भन्दा बढी देशहरु दूरसञ्चार तथा नवीनतम प्रविधिहरुको इन्नोभेसन, विकास तथा विस्तार गरिरहेको नेतृत्वदायी कम्पनी हो, जसले विश्वभरि तीन अर्बभन्दा बढी मानिसहरूलाई सेवा प्रदान गरिरहेको छ। 

हुवावे नेपालमा २१ वर्षदेखि नेपालको आइसिटी उद्योगमा सेवा गर्दै आएको छ। त्यसैगरी इन एसोसिएसनको रुपमा रहेको इन्फोडेभलपर्सले दुई दशकदेखि बैंकिङ तथा वित्तीय क्षेत्रलगायत नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीहरुलाई प्राथमिकतामा राखेर सफ्टवेयर विकास गरिरहेको छ। 

कम्पनीको सफ्टवेयरबाट ३५ लाख बढीले सेवा लिइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .