कारोबार


बर्जर पेन्ट्सले ल्यायो उपहारको वर्षा, बम्परमा बुलेट बाइक जित्न सकिने

बर्जर पेन्ट्सले ल्यायो उपहारको वर्षा, बम्परमा बुलेट बाइक जित्न सकिने

नेपालखबर
जेठ २, २०७९ सोमबार १७:४७, काठमाडौँ

बर्जर पेन्ट्स नेपालले बर्जर उपहारको वर्षा २०७९ सार्वजनिक गरेको छ। 

बर्जर पेन्ट्स नेपालमा २ दशकदेखि सजावटी पेन्टहरुमा एक चिरपरिचित ब्राण्ड रहँदै
आएको छ। 

बर्जर पेन्टस्ले जेठ १ गतेदेखि प्रि–मनसुन ग्राहक योजना ‘बर्जर उपहारको वर्षा’ ल्याएको हो।

योजनाअन्तर्गत ७५ हजार रुपैयाँ मूल्यबराबरको बर्जर पेन्ट्सको कुनै पनि इमल्सन उत्पादनहरु खरिद गरेमा ग्राहकले स्योर सट पुरस्कार जित्न सक्नेछन्। लक्की ड्रमार्फत एक भाग्यशाली विजेताले बम्परमा रोयल एनफिल्ड बुलेट जित्न सक्नेछन्। 

अन्य बम्पर पुरस्कारमा सीजी ४३ इन्चको टिभी, सामसङ ७.५ किलो टप लोडिङ वासिङ मेसिन, भिडियोकन १९० लि. फ्रिज र सिजी भ्याकुम क्लिनरहरु रहेका छन्।

यो योजना बर्जरको वेदरकोट लंग लाईफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट च्याम्प, वेदरकोट एन्टी–डस्ट, वेदरकोट स्मुथ, वालमस्ता, वालमस्ता लाइट एक्सटेरियर इमल्सन तथा इन्टेरियर इमल्सनतर्पm सिल्क ब्रिथ इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लीन फ्रेस, इजी क्लीन परिवार, बाइसन इमल्सन परिवार र बाईसन लाईट इमल्सनमा लागू हुनेछ ।

बर्जर पेन्ट्स नेपालमा डेकोरेटिभ पेन्ट्सको श्रेणीमा अग्रणी पेन्ट कम्पनी हो र यसले सिल्क ब्रीद इजी, वेडरकोट लंग लाईफ, वेदरकोट च्याम्प, इजी क्लीन, सिल्क इल्युसन, सिल–ओ– प्राइम र अटोमेटेड एक्सपि मेसिनहरू मार्फत सञ्चालन हुने सम्पूर्ण एक्सप्रेस पेन्टिङ्ग सर्भिसहरू जस्ता धेरै नवीनतम्उत्पादनहरू प्रस्तुत गरिसकेको छ ।

बर्जर पेन्ट्सले सदैव आफ्ना उपभोक्ताहरुको आवश्यकता प्रति प्रतिबद्ध रही उपभोक्ताहरुको सन्तुष्टिलाई ध्यानमा राखी वातावरण मैत्री बाहिरी तथा भित्री उत्पादनहरु उपलब्ध गराई ‘नेपालको सबैभन्दा विश्वसनीय पेन्ट कम्पनी’ को रुपमा स्थापित गरेको छ ।

नेपालमा ग्रीन पेन्टको अवधारणा पहिलो पटक बर्जर पेन्ट्सले ल्याएको र बर्जरका उत्पादनहरुमा कुनै किसिमका लेड, मर्करी तथा क्रोमियम जस्ता हानिकारिक तत्वहरु मिसाइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .