ad ad

कारोबार


नेपाल लाइफको बीमा किस्ता भुक्तानीमा आईएमई पेले २५ सयसम्म क्यासब्याक दिने

नेपाल लाइफको बीमा किस्ता भुक्तानीमा आईएमई पेले २५ सयसम्म क्यासब्याक दिने

नेपालखबर
असार १५, २०७९ बुधबार १६:१९, काठमाडौँ

आइएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आईएमई पेले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ति अफर ल्याएको छ। 

कम्पनीले ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ अफरअन्तर्गत असार १० गतेदेखि सो एपबाट एनएलआईसीको बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५ प्रतिशत (अधिकतम २ हजार ५ सय रुपैयाँसम्म) क्यासब्याकको साथै हरेक दिन १ विजेताले २ चन्द्रागिरि केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको छ।

हालसम्म नेपालको २३ वटा बीमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको आइएमई पेले यस अफरमार्फत अझ बढी ग्राहकवर्गलाई डिजिटल माध्यमद्वारा कुनै पनि भुक्तानी गर्न प्रेरित गराउने बताएका छन् ।

अफरको नियम तथा शर्तहरुमा केवाईसी रुजु भएको प्रयोगकर्ताहरुले बीमा किस्ताको भुक्तानी नियत मिति (ड्यु डेट) भित्र वा नियत मितिपछिको ७ दिनभित्र आईएमई पे एपबाट गरेबापत मात्र क्यासब्याक तथा अरु उपहार जित्ने मौका पाउनेछन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .