कारोबार


स्मार्ट क्युआरबाट भुक्तानी सेवा दिन मुक्तिनाथ बैंक र एससीटीबीच सम्झौता

स्मार्ट क्युआरबाट भुक्तानी सेवा दिन मुक्तिनाथ बैंक र एससीटीबीच सम्झौता

नेपालखबर
असार ३०, २०७९ बिहिबार १६:३१, काठमाडौँ

भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा प्रदान गर्ने सम्झौता भएको छ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। 

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समयदेखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ्ग सेवा सुबिधा पु¥याउँदै आएको मुक्तिनाथ विकास बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ। 

सम्झौतापछि स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच स्मार्ट क्युआर प्रयोगको क्षेत्रमा सहकार्य हुने कम्पनीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .