चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले सुपर भ्यालु योजना ल्याएको छ।
कम्पनीले स्प्रिन्टर, पपुलर र रकस्टार स्किमको योजना बजारमा ल्याएको हो।
यसअनुसार ग्राहकले स्प्रिन्टर स्किम खरिद गर्दा मासिक ६ सय ८० रुपैयाँमा ७५ एमबीपीएस इन्टरनेट पाउनेछन्।
त्यसैगरी पपुलर स्किममा प्रतिमहिना ९ सय २५ रुपैयाँमा १५० एमबीपीएस इन्टरनेट खरिद गर्न सक्नेछन्।
रकस्टार स्किम खरिद गर्ने हो भने ग्राहकले एक हजार २ सय ४४ रुपैयाँ मासिक रुपमा तिर्नुपर्ने हुन्छ। यो स्किममा ३०० एमबीपीएस इन्टरनेटको मज्जा लिन सकिने कम्पनीले जनाएको छ।
60
Shares
प्रतिक्रिया