कारोबार


दरबार सिनेम्याक्समा अब मास्क लगाउनु नपर्ने

दरबार सिनेम्याक्समा अब मास्क लगाउनु नपर्ने

नेपालखबर
साउन ५, २०७९ बिहिबार १८:१५, काठमाडौँ

दरबार सिनेम्याक्सले फिल्म हेर्न आउने दर्शकका लागि अबदेखि मास्क लगाउन नपर्ने व्यवस्था गरेको छ। 

नयाँ वर्ष ०७९ को अवसर पारेर गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको अत्याधुनिक प्रविधि र सुविधासम्पन्न लक्जरियस सिनेमा हलमा दर्शकको सहजतालाई मध्यनजर गरी कोभिड लगायतका कुनै पनि भाइरस तथा ब्याक्टेरियाले असर नगर्ने वुल्फ एयर मास्क एअर स्ट्रेरीलाइजेसन सिस्टम जडान गरिएको हो। 

गुण ग्रुपद्वारा सञ्चालित हलमा नेपालमै पहिलोपटक जर्मन प्रविधिबाट निर्मित ‘वुल्फ एअर मास्क’ प्रयोगमा ल्याइएको हो। सो प्रविधिले हावामा फैलने मोल्ड, कोरोना वा इन्फ्लुएन्जा भाइरस, एलर्जी, हानिकारक ब्याक्टेरिया, पराग कण, धूलो, दुर्गन्धलगायत वरपरका क्लस्टरलाई केही मिनेटमै पूर्ण रुपले निस्प्रभावी बनाइ शुद्ध हावा उत्पादन गर्ने गर्दछ । 

सिस्टम जडान सम्बन्धी सम्झौतामा दरबार सिनेम्याक्सका प्रबन्धनिर्देशक दिप्रश शाक्य र प्लानेट हेल्थकेयरका तर्फबाट रोजन श्रेष्ठले हस्ताक्षर गरेका हुन्। वुल्फ एअर मास्क ९९.९९ प्रतिशत भाइरस मुक्त र वैज्ञानिक रुपमा समेत सबै उमेर र समूहका लागि उपयुक्त मानिन्छ। 

एअर स्ट्रेरिलाइजेसन सिस्टम जडान गर्ने देशकै पहिलो सिनेमा हल बन्न पाउदा खुशी लागेको दरबार सिनेम्याक्सका प्रबन्ध निर्देशक दिप्रश बताउँछन्। आफूहरु दर्शकको सुबिधा र स्वास्थ्यको बारेमा निकै सजक रहेकाले प्रबिधि जडान गरिएको कथन उनको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .