कारोबार


ओप्पो ए५७ नेपाली बजारमा, मूल्य २३ हजार ४ सय ९९ सय

ओप्पो ए५७ नेपाली बजारमा, मूल्य २३ हजार ४ सय ९९ सय

नेपालखबर
साउन ९, २०७९ सोमबार १४:५४, काठमाडौँ

ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए५७ नेपाली बजारमा सार्वजनिक गरेको छ। 

ओप्पो ए५७ आकर्षक ड्याजलिङ ओप्पो ग्लो डिजाइन, उत्कृष्ट सुविधा र विश्वसनीयताका साथ मिडरेन्ज फोन प्रयोगकर्ताहरुलाई चकित पार्ने बनाइएको दाबी गरिएको छ। 

ओप्पो ए५७ को ३३ वाट सुपरभोक चार्जिङ र उच्च क्षमताको ५००० एमएएच् लङ–लास्टिङ ब्याट्रीले उल्लेखनीय शक्ति र छिटो चार्जिङका साथ प्रयोगकर्ताहरूको दैनिक ब्याट्रीको चिन्ता हटाउने कम्पनीको दाबी छ।

प्रयोगकर्ताहरुले ६.५६ इन्च कलर–रिच डिस्प्लेमा उनीहरूको मन पर्ने कार्य र आनन्द लिन सक्छन्, जबकि आकर्षक अल्ट्रा–लिनियर स्टेरियो स्पिकरहरूले मनोरञ्जन अनुभवलाई अझ बढाउँछ। 

१३ एमपी रियर क्यामेराको नाइटस्केप मोड फिल्टरहरू र ८ एमपी फ्रन्ट क्यामेरा सेल्फीहरूको लागि एआई पोर्ट्रेट रिटचिङले कलात्मकता थप्छ र प्रयोगकर्ताहरूलाई फोटोको रूपमा मनमोहक सम्झनाहरू खिच्दा उनीहरूको आफ्नै रचनात्मकता अंगाल्न मद्दत गर्दछ ।

ओप्पो ए ५७ नेपालमा आजदेखि ओप्पो ग्लो डिजाइन फिनिससहित ग्लोइंग ग्रीन र ग्लोइंग ब्ल्याक कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसको मूल्य २३ हजार ४९९ रुपैयाँ पर्ने कम्पनीको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .